सूर्योदय नगरपालिकाको सौर्यभीर हुँदै रोङ गाउँपालिका जोड्ने सडकको स्तर उन्नती

Breaking News Hot News Mukya Samachar Special News घुमफीर प्रदेश नं. १ प्रमोसन

फिक्कल: सूर्योदय नगरपालिकाको सौर्यभीर हुँदै रोङ गाउँपालिका जोड्ने सडकको स्तर उन्नती गर्ने काम सम्पन्न भएको छ ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत संघीय सांसद तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको सांसद बिकास कोषको ३० रुपैया लगायतमा उक्त सडकको स्तर उन्नती गरिएको हो ।
सूर्योदय नगरपालिका वडा नम्बर ८ गर्दने भञ्ज्याङ हुँदै कोल्बुङ जोड्ने सडक आयोजना अन्र्तगत सूर्योदय ८ को चीज फ्याक्ट्रीबाट सौर्यभीर हुँदै रोङ जोड्ने सडक स्तरोन्ती गरिएको छ । सूर्योदय नगरपालिका वडा नम्बर ७ र ८ को गौरवको योजना मानिएको उक्त सडकको स्तरउन्नती गर्ने काम सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष इन्द्र सापकोटाले जानकारी दिनु भयो ।
उक्त सडकको स्तर उन्नतीका लागि आर्थिक बर्ष २०७६÷७७ मा सांसद खनालको सांसद बिकास कोष मार्फतको ३० लाख र उपभोक्ताबाट ३ लाख ७५ हजार तथा स्थानीय सामग्री, जनश्रमदानबाट ३ लाख ७५ हजार गरी जम्मा ३७ लाख ५० हजारको लागतमा योजना सम्पन्न भएको छ ।
सूर्योदय नगरपालिका र रोङ गाउँपालिका स्थित अर्याय चोकमा बैकल्पीक मार्गका रुपमा उक्त सडकबाट १० वटा टोलविकास संस्था तथा ८२५ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन ।
उक्त बजेटको कार्यान्वयन अन्र्तगत आव २०७६÷०७७ मा ३००० मिटर माटो कटिङ, ६४ घन मिटर ग्याविन बाल निर्माण, १३९ घनमिटर मेसिनरी बाल निर्माण तथा कच्ची नाली निर्माण गरिएको अध्यक्ष सापकोटाले बताउनु भयो ।
आर्थिक बर्ष ०७६र०७७ मा उक्त सडकलाई जोड्ने कार्य भएको र आगामी दिनमा उक्त योजनामा सम्पन्न गर्नु पर्ने कार्यहरु धेरै बाँकी रहेकोले आगामी दिनहरुमा थप योजनाहरु क्तमश ल्याउनका पहल भैरहेको वडा नम्बर ८ का वडाध्यक्ष सुभाष कुमार राईले जानकारी दिनु भयो । बिगत लामो समय देखि उक्त सडक निर्माणका लागि स्थानीयले पहल गर्दै आएको स्थानीय अर्जुन वेदना राईले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published.