यातायात संचालनमा कठिनाई भएपछि फिक्कल–नयाँबजार सडकको मर्मत शुरु

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर प्रदेश नं. १ प्रमोसन समाज

फिक्कल: इलामको माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजार सम्म पुग्ने फिक्कल नयाँबजार सडकको गाउँपालिकाले मर्मत गर्न थालेको छ ।
निर्माणाधिन सडक लगातारको बर्षाले हिलाम्मे भएर सवारी साधनको आवातजावातमा समस्या भएपछि गाउँपालिकाले हिलाम्मे सडकमा ग्राभेल बिच्छयाउन थालेको हो ।
गाउँपालिकाले तत्कालका लागि फिक्कल नयाँबजार सडक खण्डमा साना तथा ठूला सवारी साधन सहज रुपमा संचालन हुँने गरी बढी समस्या भएका क्षेत्रमा ग्राभेल बिच्छयाउन शुरु गरिएको गाउँपालिका अध्यक्ष जीतबहादुर राईले जानकारी दिनु भयो ।
हिलाम्मे सडकको समस्या झेल्दै आएका स्थानीय र सडकको समस्या भोगी राखेका स्थानीय यातायत ब्यवसायीले सडक मर्मतले सहज हुने बताएका छन । स्थानीय ब्यवसायी लाक्पा शेर्पाले गाउँपालिकाले सडक मर्मत थालेपछि ब्यवसायीले सहजता महशुस गरेको जानकारी दिनु भयो । फिक्कल नयाँबजार सडक ३६ महिनामा कालोपत्रे सक्ने गरी प्रदेश १ सरकारको लगानीमा काम भैरहेको छ । सडक हिलाम्मे भएपछि अहिले यातायत संचालनमा कठिनाई हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published.