हत्कडी खुस्केपछी इलामबाट अभियुक्त फरार

Breaking News Hot News Mukya Samachar Special News Trending अपराध प्रदेश नं. १ रोचक

इलाम: सूर्योदय नगरपालिका १० बाट दुई दिन अघि पक्राउ परेका किरण त्रिखत्री हत्कडी खुस्किएपछि इलाम अस्पतालबाट फरार भएका छन् ।
सूर्योदयन गरपालिका १० फिक्क्लमा डेरा गरी बस्दै आएका त्रिखत्री श्रीमतीलाई कुटपिट गरेपछि अभद्र व्यवहारमा पक्राउ परेपछि आज उनलाई मेडीकल चेक गराउन इलाम अस्पताल लगिएको थियो । मेडीकल चेकको लागि अस्पताल पुर्याइएका उनी हत्कडी खुस्किएपछि फरार भएका छन । अर्का एक ब्यत्तिः संगै अस्पताल लगिएका त्रिखत्रीको हातबाट हतकडी खुस्कीएपछि प्रहरीलाई छक्याएर फरार भएका हुन । पक्राउ परेका त्रिखत्रीलाई म्याद थपका लागि मेडीकल चेकका लागि इलाम अस्पताल लगिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरे जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यलय इलामका प्रहरी उपरीक्षक नविन राईले फरार अभियुक्तको ब्यापक खोजी भैरहेको जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published.