इलाममा थप पाँच जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि, संक्रमित प्रहरीको संख्या १० पुग्यो

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

२४ जना निको, २३४ को रिर्पोट आउन बाँकी

फिक्कल: इलाममा शुक्रबार थप पाँच जना सशस्त्र प्रहरीमा कोरोना भाईरस (कोभिड –१९) को संक्रमण पुष्टि भएको छ । यो संगै इलाममा कोरोना संक्रमित शसस्त्र प्रहरीको संख्या १० जना पुगेको छ ।
संक्रमीत सबै शसस्त्र प्रहरीको एक नम्बर गण इलाममा कार्यरत शसस्त्र प्रहरी रहेका छन् । साउन ११ गते १५ जनाको स्वाव संकलन गरि पठाईएकोमा ५ जनाको पोजेटिभ रिर्पोट आएको शसस्त्र प्रहरी बल एक नम्बर गणका प्रमुख एसपी सुधीरजँग थापाले जानकारी दिनु भयो ।
संक्रमण देखिएका सबैलाई उपचारका लागि मोरङको गोठगाउँस्थित कोरोना अस्पताल लैजाने तयारी भईरहेको गणका एसपी थापाले जानकारी दिनु भयो ।
गणका ४० जनाको रिर्पोट आउन बाँकी रहेको र थप ४० जनाको स्वाव संकलनको तयारी भईरहेको एसपी थापाले जानकारी दिनु भयो । एसपी थापाले गणमा संक्रमण देखिएपछि सबैलाई सेल्प क्वारेन्टाईनमा राखिएको र कार्यालयमा आउजाउ बन्द गरिएको बताउनु भयो । उहाले केहि दिन भित्रमै जिल्लामा कार्यरत सबै शसस्त्र प्रहरीको स्वाब संकलन गरिने जानकारी दिनु भयो । इलाममा शुक्रबार थपीएका पाँच जना संग जम्मा संक्रमीतको संख्यासंख्या ४० पुगेको छ । इलाममा हाल सम्म २४ जनाले कोरोना जितेर निको भई घर फर्की सकेका छन ।
अव २३४ जनाको रिर्पोट आउन वाँकी रहेको स्वास्थ्य कार्यालय इलामका कोभिड फोकल पर्सन बिमल बरालले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published.