इलामका थप १७ जना शसस्त्र प्रहरीमा कोरोना सक्रमण, जिल्लामा संक्रमितको संख्या ५७ पुग्यो

Breaking News Hot News Mukya Samachar Special News Trending जीवन शैली प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

इलाम: इलामका थप १७ जना शशस्त्र प्रहरीमा आज कोरोना संक्रमण पुष्टि भएको छ ।सशस्त्र प्रहरी बलको हेडक्वाटर नम्बर १ गणका ४० जनाको स्वाब संकलन गरी पठाइएकोमा १७ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।
विराटनगरस्थित प्रदेश प्रयोगशालामा ४० जनाको स्वाब नमुना पठाइएकोमा १७ जनाको रिपोर्ट पोजिटिभ आएको गणकाधीरजंग थापाले जानकारी दिनु भयो ।यस अघि हिजो मात्र ५ जनाका पोजेटिभ देखिएको थियो । इलाममा आज सम्ममा २७ जना शशस्त्र प्रहरी संक्रमित भई सकेका छन् ।
बाँकी ४० जनाको श्वाव सँकलनको तयारी भईरहेको एसपी सुधीरजंग थापाले बताउनु भयो । उनले भने पोजेटिभ देखिएका सबैलाई थप उपचारको लागी मोरङ स्थीत गोठगाउँमा लाने तयारी भईरहेको बताउनु भयो ।
योसँगै इलाममा कोरोना पुष्टि हुनेको संख्या ५७ जना पुगेको छ । शसस्त्र पहरीमा संक्रमण देखिएपछि शसस्त्र प्रहरीको गणमा आउजाउ बन्द गरिएको छ । गणका यति धेरैमा संक्रमण फेला परेपछि समुदायमा कोरोना फैलने त्रास समेत बढेको छ ।

Leave a Reply

Your email address will not be published.