इलामका थप १६ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि, संक्रमित सशस्त्रको संख्या ४६ पुग्यो

  • 189
    Shares
इलामका थप १६ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि, संक्रमित सशस्त्रको संख्या ४६ पुग्यो


फिक्कल: इलामका थप १६ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै इलाममा संक्रमित सशस्त्र प्रहरीको संख्या ४६ पुगेको छ ।
सशस्त्र प्रहरी बलको नंम्बर १ गण इलाममा कार्यरत थप १६ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको गणका एसपी शुधीरजंग थापाले जानकारी दिनु भयो । उहका अनुसार संक्रमित हुनेमा सीमा सुरक्षा र क्वारेन्टाईन व्यवस्थापनमा खटीएकाहरु रहेका छन । इलाम नगरपालिकामा रहेको गणबाट फैलिएको संक्रमण , पशुपतिनगर बीओपी , आईतबारे क्याम्पमा समेत फैलिएको छ । संक्रमण फैलिए पछि तनिबटै स्थान सिल गरी आवातजावात बन्द गरीएको एसपी थापाले जानकारी दिनु भयो । उहाका अनुसार इलामका सबैको रिर्पोट आईसकेपछि पशुपतिनगर र आईतबारेको रिर्पोट आउन वाँकी रहेको छ । संक्रमित सबैलाई उपचारका लागि लाने तयारी भैरहेको छ ।