नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार नाघ्यो

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

काठमाडौँ: नेपालमा आज थप ४६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार २१४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ४२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

हाल अहिले क्वारेन्टाइनमा १० हजार २०७ जना रहेका छन् । उनका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९२६ जनाको पीसीआर परीक्षण गरिएको छ । प्रदेश १ मा ४२५ , प्रदेश २ मा २ हजार ८३९ , वागमती प्रदेशमा ९४३ , गण्डकी प्रदेशमा २७६ , प्रदेश ५ मा २७६ , कर्णलाी प्रदेशमा २३१ र सुदूरपश्‍चिममा एक हजार २४० सक्रिय संक्रमित रहेका छन् ।

नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १५ हजार ८१४ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४२४ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा भाइरस कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७० पुगेको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेमा पर्साका तीन जना, सर्लाही र सिरहाका एक(एक जना रहेका छन् ।

मन्त्रालयका अनुसार नेपालमा पाँच सय बढी संक्रमित हुने जिल्लामा काठमाडौँ, पर्सा, रौतहट र महोत्तरी गरी चार जिल्ला रहेका छन् । अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने छ पुगेको छ। प्रवक्ता गौतमका अनुसार खोटाङ, धनकुटा, संखुवासभा, रुकुम पश्चिम, मनाङ र मुस्ताङ, मा कोरोना संक्रमण शून्यमा झरेको हो। सजिलोबाट

Leave a Reply

Your email address will not be published.