रोङ गाउँपालिकाको प्युरे पहिरोको जोखिममा

  • 92
    Shares
रोङ गाउँपालिकाको प्युरे पहिरोको जोखिममा

रोङ: इलामको रोङ गाउँपालिका–४ प्युरेका बासिन्दाहरुले राम्रोसंग सुत्न नपाएको बर्षो वित्यो । चुरे पहाडमा पर्ने सो क्षेत्रका बासिन्दाहरुले कतिबेला पहिरोले घर बगाउँ भन्ने पत्तो छैन् । त्यही चिन्ताका कारण उनीहरुको भोक निन्द्रा नै हराएको हो । भुकम्पपछि पछि आएको पहिरोको कारण अहिलेसम्म १३ घर परिवार बिस्थापित भइसकेका छन् । यो बर्षमात्रै ५ जनाको जमीन पहिरोले चिरिएर दब्न सुरु गरेको छ । गाउँको एकपट्टिको पूरै भाग पहिरोले बगाइसकेको छ । पहिरो जान थालेपछि जमिन सबै चिरा भएर चर्किएको छ । त्यही कारण गाउँ नै जोखिममा परेको हो ।

इलामको रोङ र झापाको बुद्धशान्ति गाउँपालिकाको सीमानामा रहेको टिमाई खोलाले वर्षेनि कटान गर्दा प्यूरे क्षेत्रमा पहिरो जान सुरु गरेको हो । अहिले सम्म अनुमानित १०० रोपनी बढी क्षेत्रफलमा पहिरोले बगाइसकेको छ । पहिरोका कारण सन्त बहादुर लाप्चा, भक्त बहादुर लाप्चा, भीम बहादुर मगर, बल बहादुर मगर, धनराज मगर, टंक बस्नेत, नरबहादुर बस्नेत, भूवन बस्नेत, गणेश बस्नेत, खड्ग वहादुर राई, टेक बहादुर मगर, इन्द्रबहादुर मगर र दिलबहादुर राईको घर पूर्ण रुपमा बिस्थापित भएको गाउँपालिकाका अध्यक्ष शम्शेर राईले बताए ।

पहिरोको कारण घर बिहिन हुनेलाइ गाउँपालिकाले ब्यावस्थापन गदै आएको छ । तर पुरै गाउँ जोखिममा हुँदा ब्यवस्थापनमा पनि समस्या आएको गाउँपालिका अध्यक्ष राईले बताए । चुरे क्षेत्रमा पर्ने यो पहिरोको दिर्घकालिन समस्या समाधानका लागि पटक पटक केन्द्र र प्रदेश सरकारसँग लिखित आग्रह गरेपनि सुनुवाइ नभएको राईले बताए । राष्टपति चुरे कायक्रमहरुमा सम्पूण बिबरण पेश गरिसकेकको बताउदै गाउँपालिकामा ५ वटा यस्ता ठूला पहिरोहरु भएकाले यसबाट निम्त्याउन सक्ने जोखिमबाट बच्न केन्द्र र प्रदेश सरकारलाई अगाडीनै जानकारी गराइसकेकको भएपनि कुनै कार्यक्रम नआएको अध्यक्ष राईको दुखेसो छ ।

वर्षायामको शुरुवातसँगै पहिरो जाँदा मानवीय क्षतिका साथै गाउँ नै बिस्थापित हुने अवस्था सृजना भएको इलामका निमित्त प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपानेले बताए । उनले जिल्ला प्रशासनको एक्लो प्रयासले मात्रै यहाँ केही गर्न नसकिने भन्दै संघीय सरकारले यहाँको अवस्थालाई मध्यनजर गर्दै तत्काल राहत लगायतका पहिरो रोकथाम गर्ने नयाँ कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखे ।

जिल्ला विपद् व्यवस्थापन इलाम, रोङ गाउँपालिकाका जनप्रतिनिधि, प्रदेश जिल्ला प्रहरी कार्यालय इलाम,पत्रकार, नेपाली सेनासहितको टोलीले पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्दै त्यस क्षेत्रका प्रभावितहरुलाई वैकल्पिक व्यवस्था गर्ने विषयमा अध्ययन गर्ने बताइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले यस वर्ष पहिरोवाट प्रभावित भएकाहरुलाई नगद १५ हजार रुपैयाँका दरले राहत रकम प्रदान गरेको छ । लोकल शन्देशबाट