फिक्कल: इलामको पशुपतिनगर र आईतबारेका सशस्त्र प्रहरीको कोरोना रिर्पोट नेगेटिभ आएक
सशस्त्र प्रहरीको बीओपी पशुपतिनगर र आईतबारे पोष्टका सशस्त्र प्रहरीको नेगेटिभ रिर्पोट आज आएको हो । गत साउन २१ मा प्रहरी सहित वडा कर्मचारी , स्वास्थ्यकर्मी , ब्यवसायी ,संचारकर्मी र बैङ कर्मचारीको स्वाब संकलन गरिएको थियो । संकलित स्वाबको रिपोर्ट प्रयोगशालाबाट आज आएको छ ।
स्वाब संकलन गरिएपछि शसस्त्र प्रहरीका कर्मचारी कार्यलय भित्रै क्वारेन्टाइनको व्यवस्था गरि बसेका थिए । कार्यालय बाहिर ननिस्कीकन बसेका शसस्त्र प्रहरी कर्मचारीको रिपोर्ट नेगेटिभ आएपछि सीमा क्षेत्रका नियमित गस्ति शुरु गरेको सीमा सुरक्षा पोष्ट पशुपतिनगरका इन्सपेक्टर प्रमुख नविन खतिवडाले जानकारी दिनु भयो । परीक्षण गरिएका मध्ये पशुपतिनगरका २ जना सशस्त्र प्रहरीको रिर्पोट भने आउन वाँकी रहेको सशस्त्र प्रहरीबल १ नम्बर गण इलामका एसपी सुधिरजंग थापाले जानकारी दिनु भयो । सूर्योदय नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष पेमा उगेन लामाका अनुसार कन्यामको क्वारेन्टाईनमा रहेका १ जना पुरुसको भने रिर्पोट पोजेटिभ आएको छ ।
सशस्त्र प्रहरीमा कोरोना फैलिए पछि समुदायमा कोरोना फैलने भन्दै सूर्योदय नगरपालिकाले नगर क्षेत्रमा अनिश्चितकालिन लकडाउन गरेको थियो । पशुपतिनगर बीओपी र आईतबारे पोष्ट सिल गरिएको थियो । सबैको रिर्पोट नेगेटिभ आए संगै लकडाउन हटाईने बिषयमा नगरले तत्काल निर्णय गर्ने जनाईएको छ । हिजोमात्र गणका २२ जना कोरोना जितेर फर्कीएका थिए ।