इलामको सन्दकपुर गाउँपालिकामा वडा सदस्य सहित ४ जनामा कोरोना संक्रमण

Breaking News Hot News Mukya Samachar Special News Trending जीवन शैली प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

सन्दकपुर : सन्दकपुर गाउँपालिकामा वडा सदस्य सहित ४ जनामा कोरोना संक्रमण देखिएको छ । साउन २३ गते समुदायमा ५० जनामा गरिएको टेस्टमा एक जना वडा सदस्य र ३ जना हाइड्रोपावरका कर्मचारीमा कोरोना देखिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए । उनका अनुसार कोरोना देखिएको हाइड्रोपावरका एक जना कर्मचारी स्थानीयबासिन्दा रहेका छन् ।

उनीहरुलाई उपचारको लागि लग्ने तयारी भइरहेको छ । केही दिन अघि सन्दकपुरमा रहेको पञ्चकन्या हाइड्रोपावर मर्मत गर्न आएका ११ जनामा कोरोना देखिएपछि समुदायमा टेस्ट गरिएको थियो । समुदायमा कोरोना फैलन नदिनका लागि गाउँपालिकाले साउन २२ गते बाट एक साताको लागि सिल गरेको थियो । कोरोना संक्रमित देखिएपछि सिल लम्व्याउने वा नलम्व्याउने भन्ने बिषयमा बैठक बसेर निर्णय गरिने राईले बताए ।

Leave a Reply

Your email address will not be published.