२१ बर्षदेखि फरार माई नगरपालिकाका दर्जी पक्राउ

  • 33
    Shares
२१ बर्षदेखि फरार माई नगरपालिकाका दर्जी पक्राउ

माई : इलाममा एक जना फरार अभियुक्त २१ बर्ष पछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयट इलामबाट खटिइ गएको टोलीले माई नगरपालिका ४ का ४१ बर्षका दिपक दर्जीलाई पक्राउ गरेको हो । बन मुद्दामा अदालत बाट प्रमाणित भई फरार अवस्थामा रहेका दर्जीलाई शुक्रबार माइ नगरपालिका २ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

२०५६ साल असार ९ गते तत्कालिन जिल्ला अदालतले एक बर्ष कैद तोके पनि दर्जी फरार अवस्थामा लुकिछिपी बस्दै आएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक लालध्वज सुबेदीले बताए । पक्राउ परेका दर्जीलाई जिल्ला अदालतमा पेश गरेकोमा कैद भूक्तानको लागि कारागार पठाइएको छ ।