इलामको देउमाई नगरपालिकाका जोखिम क्षेत्र सिल

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

प्रहरीमा कोरोना संक्रमण पुष्टि

फिक्कल: इलाका प्रहरी कार्यालय मंगलबारेका एक जना प्रहरीमा कोरोना पोजेटिभ पुष्टि भए पछि देउमाई नगरपालिकाको मंगलबारे सहितका पाँचवटा वडा सिल गरिएकको छ ।
इलाका प्रहरी कार्यालय मंगलबारेका इन्सपेक्टरमा कोरोना पोजेटिभ पुष्टि भए पछि समुदायमा कोरोना फैलन नदिन देउमाई नगरपालिकाको कोरोना रोकथाम तथा नियन्त्रण आपतकालिन समितिको आज बसेको बैठकले ती क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।
बैठकले आज रातको १२ बजेबाट लागुहुने गरि केशको कन्ट्याक्ट ट्रेसिङको आधारमा स्वाप परीक्षण गरि रिपोर्ट नआउजेल सम्मका लागि सम्भावित संक्रमण फैलनसक्ने देउमाई नगरपालिकाको वडा नम्बर ३,४,५,८र ९ का क्षेत्रमा सिल गर्ने निर्णय गरेको छ ।
नगरले आजैबाट लागुहुने गरि देउमाई नगरपालिका नगरकार्यापालिकाको कार्यालय तथा शाखा कार्यालय ,वडा कार्यालयहरू, नगरपालिकाको क्षेत्रमा रहेका सम्पूर्ण सरकारी कार्यालय,बैंक वित्तीय कार्यालय सहकारी तथा सम्पूर्ण सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने अत्यावश्यक सेवा देखि बाहेकका सम्पूर्ण सेवाहरू बन्दगर्ने निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी गोबिन्द बास्कोटाले जानकारी दिनु भयो ।
साथै मंगलबारे प्रथमिक स्वस्थ्य केन्द्रको आपतकालिन सेवादेखि बाहेका सेवा अर्को सूचना जारी नभए सम्मका सम्मका लागि बन्दगर्ने निर्णय गरेको छ । नगरले उक्त विषम परिस्थितिमा सम्पूर्ण नगरबासीलाई अत्यावश्यक काम देखिबाहेक घरबाहिर ननिस्कन तथा निस्कनुपरे सुरक्षाको मापदण्ड पालना गर्न समेत अनुरोध गरेको छ ।
देउमाई नगरपालिकाका नगर प्रमुख सूर्य पोखरेलले समुदायमा कोरोना फैलन नदिन संभावित जोखीममा रहेका ब्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलन गरेर रिर्पोट नआए सम्म नगरबासीलाई सावधानी अपनाएर बस्न आग्रह गर्नु भयो ।
२८ गते देउमाई संक्रमणको सम्भावना रहेका व्यक्तिहरूको नमूना संकलन गरि परीक्षण गर्न पठाईएकोमा इलाका प्रहरी कार्यालय मंगलबारे का १ जना सुरक्षाकर्मीमा कोरोना पोजेटिप पुष्टि भएको थियो । प्रहरीमै कोरोना संक्रमण देखिएपछि इलाका प्रहरी कार्यालयमा समेत सावधानी अपनाईएको छ । ती प्रहरी केहि दिन अघि बिरगंग स्थित आफनो घर पुगेर फर्कीएका थिए ।

Leave a Reply

Your email address will not be published.