इलामको करफोक क्वारेन्टाईनमा बसेका २२ बर्षीय पुरुषको मृत्यु

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

फिक्कल: इलामको सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाईनमा बसेका २२ बर्षीय एक पुरुषको मृत्यु भएको छ ।
भारतको हैदराबादबाट आई गत २६ गते देखि क्वारेन्टाईनमा बस्दै आएका सूर्योदय नगरपालिका ९ घर भएका ती पुरुषको गएराती मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या भए पछि आईतबार बिहान १० बजे देखि सूर्योदयन गरपालिकाको स्वास्थ्यकर्मीको टोलीले उनको उपचार गरेपनि राती ११ः ५ बजे उनको मृत्यु भएको सूर्योदयन गरपालिका वडा नम्बर १० का वडाध्यक्ष पेमा उगेन लामाले जानकारी दिनु भयो ।
गत २९ गते स्वाब संकलन गरी मेची अञ्चल अस्पताल पठाईए पनि उनको रिर्पोट भने आउन वाँकी रहेको स्वास्थ्य कार्यालय इलामका कोरोना फोकल पर्सन बिमल बरालले जानकारी दिनु भयो । फोकल पर्सन बरालका अनुसार ती युवामा छाती दुख्ने, ज्वरो आउने र स्वास फेर्न समस्या हुँदै आएको थियो । उहाका अनुसार कोरोनाले अथवा अन्य कारणले मृत्यु भएको पुष्टि रिर्पोट आए पछि मात्र थाहा हुने जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published.