देउमाई नगरपालिकामा अनिश्चितकालको लागि लकडाउन र सिल

Breaking News Hot News Mukya Samachar Special News Trending जीवन शैली प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

देउमाई: इलामको देउमाई नगरपालिकाले कोरोना संक्रमितहरुसंग सम्पर्कमा आएका व्यक्तिहरुको पिसिआर रिर्पोट नआउन्जेलसम्म लागि लकडाउन र सिल गर्ने निर्णय गरेको छ । कोभिड–१९ कोरोना रोकथाम तथा नियन्त्रण आपतकालिन समितिको बैठकबाट गए राती १२ बजेबाट लागु हुने गरी निर्णय गरिएको हो ।

भदौ ६ गते प्राप्त पिसिआर रिर्पोट अनुसार वडा नं ९ को जितपुर प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मी र राँके रवि सडक आयोजनामा कार्यरत कामदार कोरोना पोजेटिभ देखिएको थियो । उनीहरुसंग सम्पर्कमा आएकाहरुको रिर्पोट नआउन्जेल नगरपालिका भरी लकडाउन र केही क्षेत्रमा सिल गर्ने निर्णय भएको छ ।

नगरपालिकाले वडा नं १ को राँके बजार क्षेत्र, वडा नं ३ को गाग्रेभञ्ज्याङ देखि दक्षिण, वडा नं ७, ८ र ९ का सम्पुर्ण वडा सिल गर्ने निर्णय गरेको सुचना अधिकारी गोबिन्दराज बाँस्तोलाले जानकारी दिए । त्यसैगरी नगर क्षेत्रका सम्पुर्ण बजार बन्द गरिनेछ । देउमाई नगरपालिकाको वडा तथा अन्य शाखा कार्यालय, बैंक तथा वितिय संस्थाहरु लगायत सेवा प्रवाह गर्ने सम्पूर्ण क्षेत्रहरुमा अत्यावश्यक बाहेकका सेवाहरु पुर्ण रुपमा बन्द गरिएको छ ।

पशु, कृषिजन्य उपज ढुवानी, खाध्यान्न, निर्माण सामाग्री तथा अन्य अत्यावश्यक सामाग्री ढुवानीको लागि स्थानीय प्रहरीसंग समन्वय गरी साँझ ६ बजे देखि विहान ६ बजेसम्म मात्र गर्न पाइने छ । तोकिएको समय भन्दा बाहेक अन्य कुनै पनि किसिमको सवारी साधन आवतजावतमा पुर्ण रुपमा निषेध गरिएको बाँस्तोलाले जानकारी दिए । निर्णयको उल्लंघन गर्ने तथा तोकिएको मापदण्ड पालना नगर्ने व्यक्तिहरुलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गर्ने निर्णय गरिएको छ ।

Leave a Reply

Your email address will not be published.