पहिरोले अवरुद्ध मेची राजमार्ग खुल्यो

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १

फिक्कल : मेची राजमार्गको इलामको कुटिडाँडाँ देखि जोरकलश सडक खण्डमा गएको पहिरोपछि अहिले सडक दुई तफी खुलेको छ । आधा घण्टा अघिबाट दुई तर्फि रुपमा राजमार्ग खुलेको हो । विहान २ बजेबाट सडक खण्डको विभिन्न स्थानमा गएको पहिरोका कारण सडक अवरुद्ध रहेको थियो ।

डिभिजन सडक कार्यालयको जेसिबी र नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी डम्बर खड्काको जेसीबीको ८ घण्टाको मेहनतपछि अहिले यातायात सुचारु भएको पर्यटन सुचना केन्द्र जोरकलशका सुचना अघिकारी गगन घिमिरेले जानकारी दिए । उनका अनुसार सडकको जेसीबीले विहान ६ बजेबाट पहिरो पन्छाउन थालेको थियो । खड्काको जेसीबीले ९ बजेबाट पहिरो पन्छाएपछि अहिले यातायात आवागनमा सहज भएको हो ।

Leave a Reply

Your email address will not be published.