माईजोगमाईको नयाँबजारमा सरसफाई कार्यक्रमको शुभारम्भ

माईजोगमाईको नयाँबजारमा सरसफाई कार्यक्रमको शुभारम्भ

फिक्क्ल : इलामको माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा सरसफाई कार्यक्रमको शुरु गरिएको छ ।
स्थानीय सरकार संचालन ऐन अनुसार गाउँपालिकाले गाउँपालिकाको केन्द्र नयाँबजारबाट सरसफाई कार्यक्रम अन्र्तगत बजारबासीलाई सरसफाई परिचय पत्र वितरण गरिएकोे हो ।
गाउँपालिकाको केन्द्लाई सधै सफा राख्न र नागरिकको स्वास्थ्य प्रति बिशेष ध्यान दिदै उक्त कार्यक्रमको शुरु गरिएको गाउँपालिका अध्यक्ष जितबहादुर राईले जानकारी दिनु भयो । अध्यक्ष राईले भन्नु भयो ‘सरसफाई प्रत्येक ब्यक्तिको जिवनको महत्वपूर्ण पक्ष भएकाले उक्त कार्यक्रम शुरु गरेका हौ ।’ ‘ अहिले कोरोनाको समेत संक्रमण रहेकाले सरसफाईमा बिशेष ध्यान दिनु पर्छ ’ अध्यक्ष राईले भन्नु भयो ।
गाउँपालिकाले शुरु गरेको अभियान अन्र्तगत माईजोगमाई १ का फुर्तेम्बा शेर्पाले पहिलो सरसफाई उपभोक्ताको परिचय पत्र लिनु भएको छ । पहिलो परिचय पत्र लिने शेर्पालाई गाउँपालिकाले धन्यवाद सहित परिचय पत्र बितरण गरेको छ ।पहिलो चरणमा नयाँबजारका १ सय ५० घरमा परिचय पत्र वितरण गरिने छ ।
गाउँपालिकाले सरसफाई परिचय पत्र वितरण गरेपछि प्रत्येक घरबाट मासिक १ सय रुपियाँ उठाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भागवत प्रसाद रेग्मीले जानकारी दिनु भयो । गाउँपालिकाले उक्त सेवा शुल्क बापत बजारको फोहोर मैला संकलन गरी डम्पीङ साईड लैजाने छ । अध्यक्ष राईका अनुसार गाउँपालिकाको केन्द्रबाट शुरु गरिएको उक्त अभियान सबै वडाका बजार टोल हुँदे घरघरमा समेत लागु गरिने छ ।