अन्जलीको स्वास्थ्यमा सुधार हुँदै

Breaking News Hot News Mukya Samachar Special News Trending जीवन शैली प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

फिक्कल: उपचारका लागि आर्थिक अभावले छटपटाइरहकी सूर्योदय नगरपालिका–१० की सात बर्षीया अन्जली तामाङको स्वास्थ्यमा सुधार हुनुको साथै आर्थिक सहयोग जुट्न थालेको छ । दैनिक ज्यालादारी गरेर परिवार पालिरहेका बाबु टिकारामलाई छोरीको उपचारमा समस्या भएपछि आर्थिक सहयोग मागेका थिए । विगत ६ बर्षदेखि प्यारालाइसिसले थलिएकी श्रीमती र तीन सन्तानका बाबु टिकारामलाई डाक्टरले एक बर्ष अघि नै अञ्जलीको किड्नीमा समस्या भएको बताए पनि उनले उपचार गर्न सकेका थिएनन ।उनी #Nephrotic #Syndrome रोगले ग्रसित रहेकी थिईन ।

स्थानीय अनलाईन हाम्रो पालिका डटकममा समाचार प्रकासन भएपछि सुर्योदय नगरपालिकाका स्थानीय युवा समाजसेवी तथा हाल चौधरी ग्रुप काठमाडौमा कार्यरत कुनाल राई र स्थानीय समाज सेवि रचना देवानको अगुवाइमा अन्जलीको उपचारका लागि आर्थिक सहयोग संकलन सुरु भएको हो । सुरुमा आफ्नै नजिकका साथीभाई र आफू कार्यरत सस्था चौधरी ग्रुपमा सहयोग रकम संकलन अभियान चलाएका राई र देवानले सहजीकरण गरीरहेका छन भने अन्य मनकारी ब्यक्तिहरुले रकम जम्मा गरिरहेका छन ।

‘सुनौलो भविष्य बोकेकी एउटी दालिका बचाउन हामी सबैको दायित्व हो, सकेको सहयोग गरौं र अन्जलीलाई चाँडै स्वस्थ्य बनाऔं भन्ने अभिलाषाले नै हामी जुटेका हौं,’ राईले भने,‘विश्वभर छरिएका नेपालीहरुलाई आर्थिक सहयोग गरिदिनुहुन हाम्रो अनुरोध ।’ अन्जलीको यतिबेला खुट्टादेखि टाउकोसम्म पुरै सुनिएको छ । बिर्ता सिटि अस्पताल झापाले रिफर गरेपछि विराट नर्सिङ होम अस्पताल विराटनगरमा उनको उपचार भइरहेको छ ।डाक्डरका अनरसार अन्जलीलाई हस्पीटलमा तीन साता र घरमा तीन महिना उपचार गरे पछि उनी पूर्ण रुपमा निको हुने छिन

तामाङ परिवाले छोरीको ज्यान बचाउन सहयोग संकलनका लागि इलामको फिक्कल स्थित कृषि विकास बैंकमा खाता समेत खोलेका छन । तामाङले कृषि विकास बैकको खाता नम्बर ०६०१००१६२९६४६०११ अर्थात कुनाल राई, नविल बैंक, पुल्चोक ललितपुर को खाता नम्बर १९१००१७५११३९५मा चन्दा जम्मा गरेर छोरीको ज्यान बचाइदिन आव्हान समेत गरेका छन र आवश्यक परे ९८४१९८९६१६ मा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

अन्जलीको ज्यान बचाउन कुनाल राई र रचना देवान अगुवाइमा सन्तोष राई, भूषण गौतम, लोकेश प्रधानलगायतका युवाहरुले आर्थिक संकलनको सहजीकरण गरिरहेका छन । त्यसै अन्जलीको उपचार गराउन स्थानीय सामाजिक अगुवा तथा शिक्षासेवी युवराज बाशिष्ठ, अग्रज पत्रकार केदार शर्माले भूमिका निर्वाह गरिरहेका छन ।

Leave a Reply

Your email address will not be published.