रुखले लागेर फाकफोकथुममा एक जनाको मृत्यु

Breaking News Hot News Mukya Samachar Special News Trending जीवन शैली प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

लिला सुब्बा: फाकफोकथुम । इलामको पश्चिमी क्षेत्र फाकफोकथुम गाउँपालिका–४ फुएतप्पामा रुखले लागेर एक जनाको ज्यान गएको छ । अपराहन्न १२ बजेको समयमा उत्तिसको रुखले लागेर स्थानीय २८ बर्षिय भानुभक्त दलार्मी मगरको ज्यान गएको हो ।

काट्दै गरेको रुखले अर्को रुख लडाउदा टाउकोमा लागेर मगरको घटनास्थलमा नै ज्यान गएको प्रहरी चौकी आमचोकका इन्चार्ज सुवेन्द्र कर्णले जानकारी दिए । शवलाई पोष्टमार्टमको लागि अहिले इलाम अस्पताल ल्याइदैछ । घटनास्थल प्रहरी चौकी भन्दा करिब १५ किलोमिटरको दुरीमा रहेको छ ।

Leave a Reply

Your email address will not be published.