कृषिलाई प्राङ्गरिक गर्दै इलामका स्थानीय तह

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ समाचार


इलाम: पछिल्लो समय स्थानीय तहले खेती प्रणालीलाई प्राङ्गरिक बनाउन लागेका छन् । रासायनिक मल र विषादीले मानव स्वास्थ्य र माटो बिगार्ने बुझेपछि स्थानीय तहहरु प्राङ्गारिक खेतीतर्फ उन्मुख भएका हुन् ।

यहाँस्थित सूर्योदय नगरपालिका र देउमाई नगरपालिकामा प्राङगारिक खेती प्रणाली अपनाउन किसानलाई सूचित गरेसँगै व्यवस्था गर्दै आएका छन् । त्यसमा पनि पछिल्लो समय कृषि ज्ञान केन्द्रबाट प्राङ्गारिक खेतीका लागि रकम छुट्टिन थालेपछि अझै सहज भएको छ । यस वर्ष मात्र कृषि ज्ञान केन्द्रमार्फत रु एक करोड ७० लाख बजेट विनियोजन भएको छ ।

ती स्थानीय तहमा क्लष्टर छनोट गरेर कार्यक्रम कार्यान्वयन गरिने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख टोनी बर्देवाले बताए । यसका लागि ज्ञान केन्द्रले जैविक विषादी, जैविक मल बनाउने, गड्यौले मल उत्पादनको लागि गड्यौला पालन, भकारो सुधारमा सहयोग गरिरहेको बर्देवाले जानकारी दिए ।

सरकारले प्राङ्गारिक उपजको प्रमाणीकरण, प्राङ्गारिक उत्पादनको प्रशोधन, रासायनिक विषादीको प्रयोग नगरी गरिने उत्पादन र परम्परागत पद्धतिबाट हुने कृषि उत्पादनको प्रवद्र्धन गर्न बजेट विनियोजन गरेको हो ।

त्यसका लागि प्राङ्गारिक खेती पद्धतिको लागि सचेतना अभिवृद्धि गर्ने, प्राङगरिक उत्पादनका लागि आवश्यक सामग्रीमा सहयोग गर्ने, प्रविधि हस्तान्तरण गर्नेदेखि बजारीकरणसम्ममा सहयोग पुग्ने क्रियाकलाप सञ्चालन हुनेछन् । कार्यक्रम अन्तर्गत जैविक विषादी, जैविक मल बनाउने, भर्मिङ कम्पोष्ट मल उत्पादनको लागि गड्यौला पालन, भकारो सुधारमा सहयोग गरिने निमित्त प्रमुख बर्देवा बताउछन् ।

त्यस्तै उत्पादन विविधीकरण गर्ने, उत्पादित वस्तुको प्याकेजिङ लेवलिङ गरेर मूल्य अभिवृद्धि गरिनेछ । प्राङ्गारिक खेतीका लागि संरक्षित संरचनाभित्र बालीको उत्पादनका लागि नयाँ संरचना बनाउन सहयोग गर्ने, पुरानो संरचनालाई सुधार गर्नेदेखि खुला जमिनमा खेती गर्ने प्रणालीलाई समेत सहयोग गर्ने कार्यक्रम छन् । कार्यक्रम लागू भएको ठाउँमै बजार प्रवद्र्धनको केन्द्र बनाइने छ । सरलपाटिबाट

Leave a Reply

Your email address will not be published.