पूर्वमा कोरोना संक्रमितले आईसीयू बेड पाएनन्

Breaking News Hot News Mukya Samachar Special News Trending जीवन शैली प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

प्रदेश १ मा संक्रमितले अस्पतालहरुका भेड भरिए

विराटनगर: आइतबार विराटनगर–२ का ५२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भयो । होम आइसोलेसनमा बसेका उनलाई एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि आइतबार दिउँसो विराट मेडिकल कलेज लगियो । कलेजको गेटमा जाँच गर्दा उनको मृत्यु भइसकेको थियो ।

बिहीबार श्वासप्रश्वासमा समस्या भएपछि जिल्ला कारागार, मोरङका बन्दी २० वर्षीय युवकलाई कोशी अस्पताल ल्याइयो । अस्पतालमा जाँच गर्दा कोरोना पोजेटिभ देखियो । अवस्था गम्भिर भएका उनलाई जुनसुकै बेला आईसीयू र भेन्टिलेटरको आवश्यकता थियो ।

तर, कोभिड–१९ उपचार केन्द्रमा आईसीयू बेड खाली थिएन । बेड खाली भएलगत्तै भर्ना गर्ने भन्दै राखिएको भोलिपल्ट बिहानै उनको कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भयो ।

शुक्रबार दिउँसो विराटनगर महानगरपालिका–१२ बखरीकी ५५ वर्षीय महिलाको समयमा नै उपचार नपाउँदा मृत्यु भयो । कोरोना पोजेटिभ भएपछि अस्पतालमा बेड नहुँदा घरमै बसेकी उनको स्वास्थ्य अवस्था गम्भिर बनेको थियो । लगत्तै, सिटी रिक्सामा नोबेल मेडिकल कलेज लगिएको केही समय पछि उनको मृत्यु भयो ।

प्रस्तुत घटनाक्रमले अहिले अस्पतालहरुमा आईसीयू बेड अभाव हुँदा विराटनगरमा कोरोना संक्रमितको व्यवस्थापन र उपचारमा कति समस्या भइरहेको छ भन्ने देखाउँछ ।

दैनिक चार सय बढी संक्रमित देखिन थालेको प्रदेश १ मा कोरोना संक्रमितको उपचार गर्ने अस्पतालहरुका भेड भरिएका छन् । बेड अभावका कारण लक्षणसहितका विरामी घरमै बस्न बाध्य भएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली पनि बताउँछन् ।

हालसम्म १० हजार तीन सय कोरोना संक्रमित रहेको प्रदेश १ मा कोरोना संक्रमणका कारण १०३ जनाको मृत्यु भइसकेको छ । आइतबार मात्रै सात जना कोरोना संक्रमितको मृत्यु भएको थियो । अनलाईन खबरबाट

Leave a Reply

Your email address will not be published.