कोरोना रोकथाम तथा नियन्त्रणका लागि मेची आयुर्वेद अस्पतालको नयाँ अभियान

  • 111
    Shares
कोरोना रोकथाम तथा नियन्त्रणका  लागि मेची आयुर्वेद अस्पतालको नयाँ अभियान

फिक्कल: कोरोना भाईरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि मेची आयुर्वेद अस्पताल आईतबारेले बिभिन्न अभियान संचालन गर्न थालेको छ ।
आम नागरिक धेरै भेला हुने स्थानहरूमा रोग प्रतिरोधात्मक जडिबुटीयुक्त क्वाथ निशुल्क उपलब्ध गराउदै कोरोना संक्रमणबाट बच्ने उपाय सम्बन्धी सचेतना मुलक अभियानको शुरुवात गरेको हो ।
अस्पतालले स्थानीय स्तरमा उपलब्ध जडिबुटी तथा नेपाली भान्सामा भएका औषधीको प्रयोग, होम आइसोलेशन लगायतका विषयवस्तु समेटिएको जनचेतनामूलक पर्चा वितरण गर्ने कार्य शुरु गरेको छ ।
कार्यालयले जिल्ला प्रशासन कार्यालय इलाम, सूर्योदय नगरपालिकाको कार्यालय र मेची आयुर्वेद अस्पतालबाट अभियान थालेको कार्यालय प्रमुख तिर्थराज आचार्यले एबीसीलाई जानकारी दिनु भयो । प्रमुख आचार्यले उक्त अभियानलाई जिल्ला व्यापी बनाउने जानकारी दिनु भयो ।उहाले हाम्रो भान्सामा नै जडीबुट्टीको प्रयोग हुने भएकाले प्रयोग गर्ने तरिका सिकाईने जानकारी दिनु भयो ।
यस अघि कार्यालयले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लड्न योग शिविर संचालन गरेको थियो । कार्यालयले बिभिन्न जडीबुट्टीजन्य औषधी समेत बितरण गर्दे आएको छ ।