सहारा नेपाल फिक्कलद्धारा लक्ष्मीपुरका लुईटेल परिवारको ४ लाख रुपैयाँ कर्जा मिनाहा

  • 169
    Shares
सहारा नेपाल फिक्कलद्धारा लक्ष्मीपुरका लुईटेल परिवारको ४ लाख रुपैयाँ कर्जा मिनाहा

फिक्कल: सहारा नेपाल (साकोस) सेवा केन्द्र फिक्कलले संस्थाको कर्जा सुविधा अन्र्तगतको ४ लाख रुपैयाँ कर्जा मिनाहा गरेको छ ।
सेवा केन्द्र फिक्कल अन्र्तगत संचालित सूर्योदय नगरपालिका वडा नम्बर १४ को रमाइर्लो सहारा महिला समुहकी सदस्य गंगादेवी न्यौपानेको गत साउन ५ गते निधन भएकोमा उहाका श्रीमान गोपाल लुईटेललाई सोमबार एक कार्यक्रमका बिच ४ लाखको चेक हस्तान्तरण गरेको हो ।
सूर्योदय नगरपालिका वडा नम्बर १४ का वाडध्यक्ष नरबहादुर सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सहारा नेपालका अनुगमन अधिकृत तोयानाथ आचार्य, वडा सदस्य बल बहादुर समाल , सहारा नेपाल फिक्क्ल शाखा प्रमुख कल्पना ढुंगाना, समुहका सदस्य , स्थानीय बुद्धिजिवी लगायतको उपस्थिती रहेको थियो ।


उक्त कार्यक्रममा संस्थाले गरेका गतिविधि , भावी योजना र संस्थाले कोरोना महामारीमा सेवा क्षेत्रका बिपन्न समुदायमा खाद्य सामग्री वितरणमा देखाएको सक्रियता बारे जानकारी गराईएको थियो ।
सहाराले समुदायको साझेदारी तथा स्थानीय सरकार संगको समन्वयमा झापाको कन्काईमा पिसिआर ल्याव संचालनमा ल्याएको उक्त कार्यक्रममा स्थानीयलाई जानकारी गराईएको थियो । उक्त कार्यक्रममा अनुगमन अधिकृत तोयानाथ आचार्यले बिपतमा संस्थाको कर्जा सुरक्षा कोष अन्र्तगत सदस्यलाई राहत दिईने र जिवन बरदान कार्यक्रमबारे जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रममा सूर्योदय नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष नरबहादुर सुवेदीले सामाजिक सेवाका क्षेत्रमा सहारा नेपालले खेलेको भूमीका , समुदायमा गरेको योगदानको खुलेर प्रशंसा गर्नु भएको थियो ।