इलामको जौबारीमा सशस्त्र प्रहरीको बिओपी स्थापना

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १

इलाम:

इलाम जिल्लाको सन्दकपुर गाउँपालिका ५ स्थित जौवारीमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट (बिओपी)स्थापना भएको छ ।
एक नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की तथा प्रदेशका कृषिराज्य मन्त्री राम रानाले सोमबार एक समारोहका बिच उक्त बिओपीको उद्घाटन गर्नु भएको हो ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण इलाम अन्र्तगत स्थापना भएको सो बिओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारी निकासी नियन्त्रण, सीमा अपराध नियन्त्रण लगायतका विविध कामकारवाहीहरुमा परिचालित शसस्त्र प्रहरी बल इलामका एसपी सुधिरजंग थापाले जानकारी दिनु भयो ।
इलाम जिल्लाको सदरमुकाम देखि करीव ३९ किलोमिटरको दुरिमा नेपाल भारत सीमानाका भन्दा करीव १ किलोमिटर वर स्थापना गरिएको उक्त बिओपीले सोमबारबाटै दैनिक कार्य सुचारु गरेको छ ।
सशस्त्र प्रहरी बलको एक प्लाटुन टोलीसो ठाउँमा खटिएको छ ।
नेपाल सरकारको नीति अनुरुप सीमानालाई अझ बजबुद बनाउनका लागि तथा सीमा अपराध नियन्त्रण र रोकथाम गर्नका लागि सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्टहरु थप गर्दै लगिएको हो ।
इलामको सलकपुर , छब्बीसे, समालबुङ, कालपोखरी लगायतका स्थानमा यस अघि नै बिओपी स्थापना भैसकेको छ ।तस्विर: संजीव थामी 

Leave a Reply

Your email address will not be published.