इलामको ऐतिहासिक गोर्खे बजार कालोपत्रे हुँदै

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १

फिक्कल: पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको सुन्दर एबं् बजार पर्यटकीय सम्भावना भएकोको गोर्खे बबजार कालोपत्रे गर्ने काम धमाधम भैरहेको छ ।
गोर्खे बजारमा नगरपालिकाले कालोपत्रे गर्ने कार्यको थलानी गरिसकेको हो । नगरपालिकाले कालोपत्रे बाटो मात्रै सडक संगै श्रषीमोड (गोर्खे (मानेभन्जाङ) सडक बाह्रै महिना सवारी चलाउन सक्ने गरी करोडौंको लगानीमा धमाधम सडक निर्माण गरिरहेको छ ।
प्रदेश सरकारको झण्डै ५४ करोड लागतमा बन्न लागेको बरबोटे नयाँयाबजार सडकको एउटा शाखा बाटो श्रषिमोड (गोर्खे मानेभन्जाड) सडक हो। नगरले श्रषिमोडदेखि कालोपत्रे गरी मानेभन्जाड पु¥याउने गरी आफ्नो कार्यलाई अघाडि बडाई सकेको छ ।
नगरले बजार क्षेत्रबाट कालोपत्रे गर्ने काम थालेको नगर प्रमुख रण बहादुर राईले जानकारी दिनु भयो । नगर प्रमुख राईले भन्नु भर्यो गोर्खे बजार ऐतिहासिक बजार भएर मात्रै होइन एक नम्बर बडाको महत्वपूर्ण बजार भएको हुनाले प्रत्येक हप्ता निकै ठूलो हाटबजार पनि लाग्ने भएकाले प्राथमिक्तामा राखेका हौ ।’
उक्त हाटबजारमा यस अभि धूलो र कच्ची बाटोका कारण बजारमा आवातजावत गर्न निकै कठिन हुदै आएको थियो । धेरै जनसंख्या लाभान्वित हुने गरी कालोपत्रेलाई बजारबाट शुरू गरेको राईले जानकारी दिनु भयो ।
गोर्खेको मनोरम प्राकृतिक संम्पदा, नदीनाला, पुरानो विद्युत घर, मठमन्दिर , स्थानीय खोलाको माछा र त्यहाका स्थानीय परिकारले पर्यटकलाई समेत लोभ्याउने गरेको छ । गोर्खेको थुम्के डाँडा पर्यटकीय क्षेत्र हो । उक्त क्षेत्रबाट सूर्योदय, सूर्यास्तको दृश्यावलोकन गर्न पर्यटक जाने गरेका छन् । थुम्के डाँडामा दुर्लभ रेडपाण्डा समेत पाईन्छ । उक्त क्षेत्रमा बौद्धमार्गीहरुको धार्मीक स्थल चित्रे गुम्बा समेत रहेको छ । उक्त क्षेत्रमा जापानीज गुरु कर्याताले ध्यान गरेको एतिहासीक स्थलहरु रहेका छन ।
मारवाणी समुदायको बाक्लो बसोबास रहेको ऐतिहासीक गोर्खे बजारमा घटेको चहलपहल बजार र सडक कालोपत्रे संगै फेरी बौरीने स्थानीयले अपेक्षा गरेका छन् । १८९० सालमा मारवाणी समुदायको प्रवेश सैगै गोर्खे बजार लाग्न थालेको बताईन्छ । पूर्वका इलाम, पाँचथर ताप्लेजुङ तेह्थुम , भोजपुर, धनकुटा लगायतका जिल्ला बासीन्दाले समेत किनमेल र भारत प्रवेश गर्ने नाकाको रुपमा गोर्खे बजारलाई परम्परा देखि प्रयोग गर्दे आएको सूर्योदय नगरपालिकाका नगर प्रमुख राईका स्वकीय सचिव तथा स्थानीयबासी दिपेश राईले जानकारी दिनु भयो ।
सूर्योदय नगरपालिकाले १४ वटै वडाका वडा कार्यालय सम्म पुग्ने एक/एक वटा सडकलाई बाह्ै महिना यातायात संचालन हुँने गरी सडक निर्माणको काम समेत गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published.