बाटो बिराउनेहरुलाई मुलबाटोमा ल्याउछौः पुर्ब प्रधानमन्त्री खनाल

  • 93
    Shares
बाटो बिराउनेहरुलाई मुलबाटोमा ल्याउछौः पुर्ब प्रधानमन्त्री खनाल


विमल दहाल, दानाबारी: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पुर्ब प्रधानमन्त्री झलनाथ खनालले बाटो बिराएर हिड्नेहरुलाई मुलबाटो ल्याएर ल्याउने बताँएका छन । भिरमा हिड्नेहरुलाई मुलबाटोमा ल्याउछौ खनालले दाबि गरे ।
माई नगरपालिकाको आयोजनामा सम्पन्न १५ शैयाको माई आधारभुत अस्पतालको माई २ को चौरीबारीमा शिल्यन्याश गर्दै इलाम क्षेत्र नम्बर १ का सांसाद समेत रहेका पुर्ब प्रधानमन्त्री खनालले नेकपा कहिलै फुट्न नसक्ने ठोकुवा दिए । उनले नेकपा भित्रको बिचार, दृष्टीकोण, अडान, कार्यशैली, भावना फरक भए पनि बाद, प्रतिवाद र संवादबाट निष्कर्षमा पुग्ने बताए ।
साँसद खनालले केही समुह “नेकपा फुट्यो भने हामी रोटी सेक्छौ, भन्दै रोटी बेलि रहेका छन” तर उनीहरुले रोटी बेलि नसकी नेकपाको समस्या समाधान हुने जानकारी दिए । आफुभन्दा एक बर्ष जेठो ७२ बर्षको पार्टी नेकपा भएकाले यो परिपक्क रहेको दाबि गरे । खनालले नेकपाको तीन तहकै सरकार भएकाले विकास निर्माणको कार्यलाई तिब्रता दिएको बताए ।
शिल्यन्याश कार्यक्रममा प्रदेश सभा साँसद काजीमान कागतेको बिशेष आथित्यता, माईका मेयर दिपक कुमार थेबेको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो ।
माई नगर आधारभुत अस्पाल निर्माणका लागि ९ रोपनी जग्गा दान गर्ने ख्याम ढकाल र हरी बाग्लेलाई समेत कार्यक्रममा आथित्यता गरिएको थियो । उपमेयर बिष्णुमाया आचार्यको स्वागत गर्नुभएको शिलन्यास कार्यक्रमको सञ्चालन नबिनकुमार पौड्यालले गर्नुभएको बताईएको छ ।
यसै बिच आजै ३ सय ९६ स्थानीय तहमा आधारभुत अस्पताल र सातै प्रदेशमा सात बटा सरुवा रोग अस्पताल शिलन्यास गरिएको छ ।यसै बिच सूर्योदयको फिक्कलमा समेत नेता खनालले अस्पतालको शिलान्यास गर्नु भयो । नेता खनालले सन्दकपुर गाउँपालिकाको अस्पताल टेलिफोनबाटै शिलान्यास गर्नु भयो ।