इलाममा १५ जना नयाँ संक्रमित थपिए

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १

इलाम: इलाममा आज एकै दिन १५ जना नयाँ संक्रमित थप भएको पुष्टि भएको छ । ४० जनाको स्वाब संकलनमध्ये १५ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यलय इलामले जानकारी दिएको छ ।

आज संक्रमण पुष्टि भएकासँगै हालसम्म इलामका दुई सय ४८ जनामा संक्रमण पुष्टि भएको छ । आजका संक्रमित सबै इलाम नगरपालिकाका मात्रै हुन् । जसमा इलाम नगरपालिका वडा नम्बर – ७ का १३, वडानम्बर – ९ र ६ को एक÷एक जना गरी १५ जना रहेको पालिकाका कोभिड–१९ फोकल पर्सन विमल बरालले जानकारी दिए ।

उनका अनुसार, हालसम्म एक सय ६८ जना उपचारपछि घर फर्किसकेका छन् । इलाममा सक्रिय सक्रमितको संख्या ८० जना रहेका छन् ।

जिल्लाभित्र र बाहिर उपचारका क्रममा कोरोना भाईरसका कारण मृत्यु हुनेको कुल संख्या भने १२ पुगेको छ ।

वडा नम्बर ५ को स्वास्थ्य चौकी बन्द


इलामको इलाम नगरपालिका वडानम्बर – ५ को स्वास्थ्य चौकी अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको छ । स्वास्थ्य चौकीबाट सर्वसाधारणलाई दिइदै आएको सम्पूर्ण सेवा सुविधा अब यस कार्यलयबाट नदिइने गरी बन्द गरिएको हो ।

कार्यलयमा कार्यरत एक नर्सिङ्ग स्वास्थ्यकर्मीमा कोरोना भाईरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको स्वास्थ्य चौकीले सूचना जारी गर्दै जानकारी दिएको छ । उनी अहिले होमआइसोलेसनमा छिन् ।

कार्यलयका अन्य स्वास्थ्यकर्मीको हिजो परीक्षणका लागि स्वाब संकलन गरी पठाइएको बरबोटे स्वास्थ्य चौकीका प्रमुख ठाकुर प्रसाद याखाले बताए । उनका अनुसार, यिनीहरुको परीक्षण रिपोर्ट नआएसम्मका लागि कार्यलयका सबै सेवा सुविधा बन्द रहनेछ ।

सेवाग्राहीहरुमा पर्न गएको असुविधाप्रति स्वास्थ्य चौकी क्षमा प्राथी माग्दै सबैलाई सुरक्षित रहन सावधानी अपनाउन आग्रह गरेको प्रमुख याखाले जानकारी दिए ।

सरलपाटीबाट

Leave a Reply

Your email address will not be published.