इलाम : इलाम नगरपालिका कोरोनाको उच्च जोखिमा परेको भन्दै नगरपालिकाले १९ गते देखी २४ गतेसम्म अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गरेकै दिन इलाम नगरपालीकाले राष्ट्रिय विभुती अरनीको प्रतिमा अनाबरण गरेको छ ।
नगरपालिकाले १८ गतेको बैठकबाट नगरका वडाहरुमा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्न प्रमुख जिल्ला अधिकारीको माहतहतमा रहेको कोभिड १९ संकट ब्यवस्थापन केन्द्र लाई अनुरोध गरेको थियो । कोभिड १९ संकट व्यवस्थापन केन्द्रको शुक्रबारको बैठकले नगरक्षेत्रको हाटबजार, विद्यालय , पसल स्थानीय स्तरमा सञ्चालन हुने सवारी साधन बन्द गर्ने लगायतका निर्णय गरेको छ । विहीबार नगरपालिकाले अत्यावश्यक बाहेक सम्पुर्ण सेवा बन्द गर्न व्यवस्थापन केन्द्रलाई अनुरोध गरेको थियो ।
जिल्लाको सदरमुकाम समेत रहेको नगर क्षेत्रमा संक्रमितहरुको संख्या बढ्न थालेको छ । बुधबार १५ जनामा कोरोना संक्रमण भएको रिपोर्ट आएको थियो । भने त्यसअघि १४ गते मात्र १८ जनामा कोरोना पोजिटिभ देखिएको थियो । २० जनाको परिक्षण गर्न पठाइएकोमा १५ जनामा संक्रमण देखिएपछि नगरबासी त्रसित भएका छन् ।
हालसम्म नगर क्षेत्रबाट परिक्षणका लागि पठाइएको १ हजार ६ सय ६५ जना मध्ये ११७ जनामा संक्रमण देखि सकेको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।
यता कोभिड १९ संकट ब्यवस्थापन केन्द्र इलामका संयोजक तथा प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइँले नगरपालिकाको पत्र अनुसार आफुहरुले निर्णय गरेको बताए ।
त्यस्तै इलामको देउमाई नगरपालिकाले पनि हाजबाट हाटबजार बन्द गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले संक्रमणा फैलन सक्ने भएकाले यस्तो निर्णय गरेको हो । नगरपालिकाका मेयर सूर्यप्रसाद पोख्रेलले छिमेकी स्थानिय तहमा संक्रमण बढ्दै गएकाले सतर्कता अपनाउँदै बन्द गर्नु परेको बताए।
इलामको सूर्योदय नगरपालिकामा फिक्कल प्राथामिक स्वास्य केन्द्रका कर्मचारीमा पनि कोभिड १९ को संक्रमण देखिएकाले अत्यावश्यक सेवाका लागि मात्र स्वास्थ्य केन्द्र आउन स्वास्थ्य केन्द्रका प्रमुख डा सरोज दर्नालले अनुरोध गरेका छन् । सूर्योदयमा शुक्रबार ७ जना संक्रमित फेलापरेको स्वास्थ कार्यालय इलामले जनाएको छ । नयाँबुलन्द आलमईनबाट