सूर्य पनि मधुर !

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १


एस थापा:

हिजोबाट चिसो हावा चल्न थाल्यो पूर्वमा
सूर्य पनि मधुर मधुर लाग्न थाल्यो पूर्वमा ।

सूर्य माथि कालो बादल मडारिना थाल्यो
चिसो हावा सगै अब पानी पर्न खोज्यो ।

दिनै भरि जाडो भयो सुर्य नहुँदामा
रुखले पात हल्लाई दियो चिसो बातसमा ।

यस्तो बतास पहिला पनि नचलेको होईन
सूर्य यती कमजोर भने पहिला भाको थिएन ।

जसरि नि सूर्यलाई जोगाउँनु पर्छ
सबै मिली कालो बादल धपाउनु पर्छ ।

हिजोबाट चिसो हावा चल्न थाल्यो पूर्वमा
सूर्य पनि मधुर मधुर लाग्न थाल्यो पूर्वमा ।

Leave a Reply

Your email address will not be published.