रोङ गाउँपालिकाको पर्यटकीय स्थल झण्डी डाँडाको चिनारी

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १

गोविन्द पौडेल:

रोङ गाउँपालिकाको वडा न६ मा १,३५७ मिटरको उच्चाई रहेको झण्डी डाडा पछिल्लो समय पर्यटकिय स्थान बन्दै गएको छ ।पहिला अनाकन्टर जगल रहेकोमा स्थानिय बासिहरुले जगल अतिक्रमण गरेर अम्लिसो बगान बनाउदा जगल नाङ्गो डाडो बन्दै गएको थियो ।
डाडोको नजिकै रहेको आहालमा स्थानपय बासिहरुले खेलमैदानको परिकल्पना गरेर निर्माण थालिएको थियो ।२०५६ सालतिर तत्कालिन सभासद बेनुपराज प्रसाईको पहलमा धजे सलकपुर जोड्ने मोटरबाटो निर्माण थालियो तर निर्माणपछि पहिरोको पिरलोमा सडक पर्यो ।जब स्थानिय निर्वाचन सम्पन्न भयो अनि उक्त पहिरो ग्रस्त स्थान परिवर्तन गरेर झण्डी डाडाबाटनै बनाईयो ।
रोङ गाउपालिका र वडा न६ को सकृयतामा उक्त नाङ्गो डाडामा लालिगुरास बाटिका बनाउने सोचका साथ हरेक बर्षलालिगुरास रोपण र गोडमेलको कार्यले स्थानिय बासिहरुमा जागर थप्यो ।स्थानिय बासिहरु समुहमा मिलेर काम गर्न थाले ।अझ सस्थागत रुपमा किरात फ्रेण्स क्लब गठनगरि गतिबिधि बिस्तार गरियो ।
सुर्योदय,सुर्यस्त,हिमाल ,पहाड ,तराई, हिमाल,नेपाल भारत र भुटानका दृश्यहरु,साझमा लोपोम्मुख चरा गिद्धको हुल,सास्कृतिक बिबिधता बनास्पतिक बिबिधता यहाबाट सजिलै नियाल्न सकिन्छ ।अझ रातको बेलाको दृश्य आतुलनिय छ

कसरी रहन गयो यो डाडाको नाम झण्डी :


तराईबाट उत्तरको क्षितिजमा गाजल झै देखिँदा गाजले डाडा नामले पहिचान हुने डाडाको नाम गाजले रहनुको केही तथ्यपरक किम्वदन्तिहरु रहेका छन् ।
१- किरातहरु पहला देखि नै प्रकृतिको पुजा गर्दथे ।यश डाडाको आसपासमा किरातहरुले सन्सरी माईको पुजा गर्दथे ।उनिहरुले पुजा गरिसकेपछि पुजाको प्रतिकको रुपमा धजापतका गाड्ने गरेका थिए ।उनिहरले पुजापछि सोहि डाडामा झण्डा गाडेको देखेपछि मानिसहरुले झण्डी डाडा भन्ने गरेको कारण यसको नाम झण्डी रहेको हो ।अहिले पनि यश डाडाको आसपासमा राई जातिहरुको बाहुल्यता रहेको छ ।
२-द्वापर युगमा यस स्थानमा सत्ताल सिङ राजाले राज गर्दथे ।त्यहि बेला लोहासुर राक्षसको बिगबिगि थियो ।लोहासुरले सत्तालसिङमाथि धावा बोल्ने तैयारी गरे ।सत्ताल सिहले भगवान कृष्णको आराधाना गरेछन् ।
कृष्णले लोहासुरको सहयोगको लागि पाण्वहरुलाई खटाए ।पाण्ववहरु आएर बसेको स्थान नजिकै सलकपुरमा अहिले पनि छ र सत्तालसिङ टापुरा पनि ।पाण्डव र लोहासुरको बिचमा घमासान भयो ।लोहासुरले तरवार प्रहारबाट क्षति भएको ढुङ्गा अहिलेपनि शिरक्षेदन ढुङ्गा सलकपुरमा छदैछ ।उनिहरुले प्रहार गरेको हतियारले लागेको ढुङ्गा अहिलेपनि हल्लने ढुङ्गा भनेर चिनिन्छ ।
त्सबेला देखिने हल्लने गरेको किम्वद्ति छ र अहिले पनि डाडामा रहेको ढुङ्गा हल्लन्छ ।यसरी भएको युद्धमा लोहासुरको बध भयो ।लोहासुर रहेको स्थानलाई अहिलेपनि लोहागढ भनिन्छ जुन मेचिखोला पारि भारतमा छ जहाँ लोहाराजा लोहारानीको दरवारको अवशेष छ र स्थानिय बासिहरुले पुजा गर्ने गरेका छन् ।
यसरी लडाई सकियो तर कृष्ण प्रकट भएनन् पाण्डवहरुले कृष्णको आलोचना गरे त्यस ठाउको नाम निन्दा रहन गयो ।कृष्णले मेरो आलोचना किन भन्दै पाईला राखेछन् त्यस स्थान कृष्ण थुम्किको नामले प्रसिद्ध छ ।गलेर लखतरान भएका भिमसेन अलि तलतिर गएर बसेछन त्यसलाई अहिले पनि भिमसिने भनिन्छ भने युद्ध जितेर गन्धवहरुले नाचगान गरेछन् जसलाई सारङ्गेटार भनिन्छ जुन निन्दा आसपासमा छ ।
यसरी लोहासुर र सत्तालसिङ राजाको बिचमा लडाईहुदा युद्धस्थलको पहिचान गराउन डाडामा झण्डा गाडिएको स्थानलाई झण्डी डाडो भनिने गरेको हो ।


.

Leave a Reply

Your email address will not be published.