ओ साथी मास्क खोई ?

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १


फिक्कलमा मास्क लगाउन अनुरोध गर्दै ¥याली

फिक्क्ल: सोमबार दिउसो पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको ब्यस्त बजार फिक्कलमा बिभिन्न प्लेकार्ड सहितको ¥याली निस्कीयो । ¥यालीमा प्रहरी , नगर प्रहरी , जनप्रतिनिधि र संचारकर्मी थिए । प्लेकार्डमा लेखिएको थियो ‘हिजो सम्म मास्क लगाउनु भयो, आज खोई ?’
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत इलाका प्रहरी कार्यालय पशुपतिनगर , प्रहरी चौकी र सूर्योदय नगरपालिका वडा नम्बर १० को संयुक्त आयोजनामा कोभिड १९ जारी रहेको समयमा माक्स किन नलगाएको भन्ने सचेताना कार्यक्रम गरेको छ । ¥यालीले फिक्कल बजार परिक्रमा गर्दै मास्क किन गोजीमा ? भन्दै अनिवार्य माक्स लगाउन समेत गराएको थियो ।
कोरोना भाइरस (कोभिड १९) को जोखिम कायमै रहे पनि हाटबजार तथा सार्वजनिक यातायतका साधनमा यात्रा गर्ने मानिसले माक्स नलगाउने गरेको पाईए पछि माक्स लगाउन आवहन गरिएको सूर्योदयन गरपालिका वडा नम्बर १० का अध्यक्ष पेमा उगेन लामाले बताउनु भयो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत फिक्क्ल , पशुपतिनगर लगायतका भिडभाड हुने बजार क्षेत्रमा ¥याली आयोजना गर्दे नागरिकलाई समेत गराईने इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरिक्षक देउप्रसाद लिम्बुले जानकारी दिनु भयो । मास्क लगाउन अटेर गरेको पाईएमा कारबाही गरिने लिम्बुले बताउनु भयो ।
पछिल्लो समय सूर्योदयन गरपालिकाका कर्मचारी , प्राथमिक स्वास्थ्य केन्द्र फिक्क्लका कर्मचारी सहित स्थानीयमा समेत कोरोना संक्रमण देखिदै आएको छ । कोरोनाको जोखीम बढ्दै गए पनि सूर्योदयका हाटबजार भने लागि रहेका छन ।

Leave a Reply

Your email address will not be published.