नेता (कविता)

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १

एमपी शर्मा(दाहाल)

फुलको धर्म फुल्नु
आगोको जल्नु
पानीको बग्नु
भनेझै मेरो के ?
झुट,बेइमानी,तिकडम,जालझेल
वा त्यस्तै

दर्शनको देख्नु
व्याख्या गर्नु
बिज्ञानको प्रमाणित गर्नु
इतिहासको पाठ सिकाउनु
राजनीतिको सामाजिक अंतर्विरोध हल गर्नु
भनेझै मेरो के ?
लुट्नु,ढाकछोप गर्नु,धुमिल बन्नु
वा त्यस्तै

प्रेमको सद्भाव राख्नु
घृणाको सहभाव बिथोल्नु
इर्स्याको आरिशे बन्नु
सहयोगको सहकार्य गर्नु
भनेझै मेरो के ?
चिथोर्नु,कुतकुती लगाउनु
पछाडीबाट काखीमा छुरा हान्नु
वा त्यस्तै

किनकी एकै सब्दमा म नेता हु
मेरो दिल हुन्न
दिमाग अन्टसन्ट हुन्छ,हुनुपर्छ
नत्र भुइँमान्छेहरुको
कुममा चडेर टाउकोमा बजार्नु मेरो इतिहास हो
मेटिन्छ
सुख्खा हड्डी टोक्दा,टोक्दा गिजाबाट आएको रगतबाट
उत्सब मनाउनु मेरो कार्जे हो
नत्र मेरो नेपालमण्डल नियाल
एकै दृस्टिमा भेद खुट्याउन सक्छौ
नढाटी भनौ जरुर म नेता हु !!!

Leave a Reply

Your email address will not be published.