अखिल नेपाल फूटबल संघको स्वास्थ्य समिति संयोजकमा निरोज

  • 93
    Shares
अखिल नेपाल फूटबल संघको स्वास्थ्य समिति संयोजकमा निरोज

इलाम: अखिल नेपाल फूटबल संघको स्वास्थ्य समिति संयोजकमा इलामका निरोज खड्गी चयन भएका छन् ।

फूटबल संघको भर्चुअल बैठकले खड्गीलाई समितिको संयोजकमा चयन गरेको हो । २०७५ सालमा केन्द्रिय सदस्यमा निर्वाचित खड्गीललाई केन्द्रिय समितिको बैठकले सो समितिमा चयन गरेको हो ।

संयोजक खड्गीले अब जिम्मेवारीसँगै देशभर खेलाडीहरु बिरामी भए उनीहरुको पहिचान गरि उपचारमा सिफरिस गर्नुपर्ने छ । साथै देशभरका खेलाडीको खेल खेल्नु अघिको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु पर्ने र त्यसबारे केन्द्रिय समितिलाई जानकारी गराउनु पर्ने छ ।

खड्गीले आफुले पाएको जिम्मेवारीलाई आफ्नो बिबेक र बुद्धिले भ्याएसँम्म पुरा गर्ने बताएका छन् । केन्द्रि समितिले दिएको जिम्मेवारी पुरा गर्न आफु हरपल लाग्ने बताउँदै उनले सहयोग गर्न समेत सबैलाई आग्रह गरेका छन् ।