इलाम नगरपालिका क्षेत्र भोली देखि खुल्ने

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १

फिक्कल: कोरोना संक्रमण बढदै गए पछि गत १९ गतेबाट इलाम नगरपालिका शुरु भएको बन्दाबन्दी भोली (बिहीबारबाट खुल्ने भएको छ ।
इलाम नगरपालिकाले महामारीको संक्रमणको चेन ब्रेक भई संक्रमणको दरमा न्यूनीकरण आएको महसुस भएको भन्दै बिहीबारबाट बजार, यातायत र बिद्यालय लगायत संचालनमा ल्याईने जनाएको छ ।
कोरोना भाइरसको महामारीबाट इलाम नगर क्षेत्रका केही व्यक्तिहरुमा कोरोना पोजिटिभ देखिएका कारण नगर क्षेत्रमा त्रास बढ्दै गएको र आम नागरिक तथा सामाजिक सञ्जालबाट केहि दिन बन्द गर्न प्राप्त सुझावका आधारमा इलाम नगर क्षेत्रमा अतिआवश्यक बाहेकका सेवा बन्द गरिएको थियो ।
नगरले कोरोना न्यूनीकरणका लागि अपनाउनु पर्ने उच्च र्सतर्कता अपनाउने तथा स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्दे २५ गते बिहीबारबाट सबै सेवा संचालन गर्न नगरबासीमा नगरपालिकाले आग्रह गरेको छ । बजार , पसल , बिद्यालय , यातायत र होटल ब्यवसाय सबै खुल्ला रहने छन ।
कोरोनाको महामारी बढ्दै गएपछि इलाम नगरपालिका वडा नम्बर ७ र ८ ले संक्रमित र उनीहरुका परिवारलाई आयुर्वेदीक औषधी निशुल्क बितरण गर्दे आएका छन ।

Leave a Reply

Your email address will not be published.