सूर्योदय नगरपालिकाका १४ वटै वडामा सरसफाई कार्यक्रम सम्पन्न (फोटो फिचर)

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १


सामाजिक कार्यमा सहभागी हुँन बजारबासीलाई नगर प्रमुखको आग्रह


फिक्कल: पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिकाको फिक्क्ल बजार सहित १४ वटै वडामा आज सरसफाई गरिएको छ ।
नगर स्तरीय सरसफाई कार्यक्रम अन्र्तगत सूर्योदयको फिक्क्ल , पशुपतिनगर सहित पर्यटकीय स्थलहरु कन्याम , अन्तु लगायतका स्थानमा सरसफाई गरिएको हो ।


नगर प्रमुख रणबहादुर राईले फिक्कल बजारमा सरसफाई कार्यमा सरिक हुँदै कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । फिक्कल बजारमा छरपस्ट अवस्थामा फालिएका प्लाटिष्क सहितका फोहोरमैला संकलन गरिएको थियो भने बजारको ढलमा जम्मा भएको फोहोर समेत उठाईएको थियो । नगर प्रमुख राईले पर्यटकीय नगरीलाई सधै सफा र सुन्दर राख्नका लागि सरसफाई कार्यक्रम आयोजना गरिएको जानकारी दिनु भयो । नगर प्रमुख राईले भन्नु भर्यो नगरलाई पर्यटन मैत्री राख्न र नगरबासीको स्वास्थ्यलाई समेत ख्यालमा राखी अभियान थालेका हौ ।’
सरसफाई कार्यक्रममा आफै खटीनु भएका नगर प्रमुख राईले यस्ता कार्यक्रममा बजारबासीको सहभागीता बढनु पर्ने बताउनु भयो । उहाले सरसफाई जस्ता सामाजिक कार्यमा बजारबासीको सहभागीता आवश्यक रहेको समेत बताउनु भयो ।


सूर्योदय नगरपालिका वडा नम्बर १० का अध्यक्ष वडाध्यक्ष पेमा उगेन लामाले सरसफाई कार्यक्रमले बजार र पर्यटकीय स्थलाई हराभरा राख्न सहयोग पुग्ने बताउनु भयो ।
सरसफाई कार्यक्रममा नगरका जनप्रतिनिधि , कर्मचारी , जनपथ, शसस्त्र , ट्राफिक प्रहरी सहित , शिक्षक , स्वास्थ्य कर्मी , बिभिन्न संघ संस्थाका प्रतिनिधि र सर्वसाधारणको सहभागीता रहेको थियो ।

सरसफाई कार्यक्रममा सक्रिय सहभागीता जनाउनु भएका शसस्त्र प्रहरीको बोर्डर अब्जरबेसन पोष्ट(बिओपी) पशुपतिनगरका इन्सपेक्टर नविन खतिवडाले नगरले थालेको अभियानलाई साथ दिदै नगरबासीले आफनो घरवरिपरि आफै सफा राख्नु पर्ने बताउनु भयो ।


फिक्क्ल बजार सहित , बरबोटे , पशुपतिनगर, आईतबारे , तीनघरे सहित कन्याम र अन्तुमा सरसफाई कार्यक्रम गरिएको छ ।
१४ वटै वडाका वडाध्यक्षको अगुवाईमा वडाका हाटबजार लाग्ने स्थान सहित , कार्यालय , बिद्यालय र सार्वजनिक स्थलको सरसफाई गरिएको थियो ।
अन्तु र कन्याम क्षेत्रमा पर्यटकको चापका कारण जम्मा भएको फोहोरमैला संकलन गरिएको छ । अन्तु क्षेत्रमा पर्यटकका कारण थुप्रीएको फोहोरमैला संकलन गरी पर्यटकीय क्षेत्रको सरसफाई गरिएको शसस्त्र प्रहरीको बोर्डर अब्जरबेसन पोष्ट(बिओपी) छब्बीसेका इन्चार्ज अशोक खरेलले जानकारी दिनु भयो ।
वडास्तरमा भएका कार्यक्रममा जनप्रतिनिधि , कर्मचारी , शिक्षक प्रहरी , बिद्यार्थी सहभागी भएका थिए ।सोहि अवसरमा फिक्कल बजारमा फुल रोप्नका लागि गमला समेत राखीएको छ ।

Leave a Reply

Your email address will not be published.