कोरोना महामारीको दोस्रो लहर रोकथामबारे : डा. रवीन्द्र पाण्डेको सुझाव

  • 229
    Shares
कोरोना महामारीको दोस्रो लहर रोकथामबारे :  डा. रवीन्द्र पाण्डेको सुझाव

अमेरिका तथा युरोपका बिभिन्न देशमा कोरोना महामारीको दोस्रो लहर फैलिएको छ | हिंजोमात्र कोरियामा लगभग एकहजार संक्रमितको पहिचान भयो | कोरियाका अधिकारीहरुले यो तेस्रो लहर हुनसक्ने अनुमान गरेका छन् |

नेपालमा कोरोना महामारीको छाल केहि सेलाएको छ | यो महामारीलाई नियन्त्रण गर्नको लागि हामी सबैले आफ्ना स्वार्थ तथा मोहलाई छोडेर समाजको लागि योगदान गर्नु अपरिहार्य बनेको छ |

के गर्ने त दोस्रो लहर रोकथामको लागि ?.

१०० दिन मास्क अभियान : सरकारी तथा गैह्र सरकारी निकायले १०० दिन मास्क अभियान संचालन गरौँ | यो १०० दिनसम्म सुरक्षाकर्मीले मास्क प्रयोग भए / नभएको ब्यापक अनुगमन गर्ने, लापरबाही गर्नेलाई जरिवानाको ब्यबस्था गर्ने | सामाजिक संघ संस्थाले स्वयंसेवीको रुपमा मास्क वितरण तथा मास्क लगाउन अनुरोध गर्ने | संचार माध्यमले मास्क अभियान संचालन गर्ने | घरबाहिर निस्किने हरेक व्यक्तिले जिम्मेवार भएर अनिबार्य रुपमा मास्क लगाउने |

.- पठनपाठन बारे :

सरकार तथा नागरिक दुवै पक्ष परीक्षणमा उदासिन देखिएको अवस्था छ | परीक्षण न्यून भएकोले तथा परीक्षण गर्नेले औपचारिक कामको लागि परीक्षण गरेको हुँदा समुदायमा संक्रमणको बास्तबिक अवस्था के छ भनेर भन्न सकिने अवस्था छैन | यस्तो अवस्थामा बिद्यालय तथा कलेज यथास्थितिमा संचालन गर्ने अर्थात अनलाइन / अफलाइन पढाइको निरन्तरता दिनु उपयुक्त हुन्छ | घटीमा पौष र माघ स्कुल / कलेज नखोल्नु जनस्वास्थ्यको दृष्टिकोणले सुरक्षित हुनेछ | बिद्यालय खुलेपछि बिभिन्न ठाउँका हजारौं बिद्यार्थी एकै स्कुलमा हुँदा संक्रमण सर्ने, त्यो संक्रमण घरघरमा पुगेर जेष्ठ नागरिक तथा दीर्घबिरामीलाई सर्ने जोखिम हुन्छ |

यस्तो भीडभाडले महामारीको दोस्रो लहर आउने सम्भावना हुन्छ | तसर्थ २ महिना स्कुल बस तथा सौचालयको संख्या थप्ने, हरेक कक्षामा भेन्टिलेसनको ब्यबस्था गर्ने, दुरी कायम गर्नको लागि कक्षा कोठा मिलाउने, क्यान्टिन फराकिलो बनाउने तथा मास्क / स्यानिटाइजर / पानी / साबुन / आइसोलेसन कक्ष आदिको ब्यबस्था गर्ने लगायतका तयारी गर्नुपर्ने हुन्छ |-

मालपोत, यातायात कार्यालय, वडा, बिद्युत महाशुल तिर्ने काउन्टर लगायत ठाउँमा भीडभाड हुन नदिने | यसको लागि बैंकको जुनसुकै काउन्टरबाट कर तिरेपछि स्वत : नवीकरण हुने र छाप १०० दिनभित्र लगाए हुने ब्यबस्था गर्ने |- लामा बस जोर / बिजोर दुवै संचालन गर्ने | सार्वजनिक बसमा मापदण्ड अनुगमनको ब्यबस्था गर्ने |- भोजभतेर / जमघट आदि हुन नदिने |

त्यसको अनुगमन तथा निगरानी गर्ने |- जेष्ठ नागरिक तथा दीर्घ बिरामी ( दम, मधुमेह, मुटु र किड्नीको समस्या भएका ) यो ३ महिना घरभित्र बस्ने र घरभित्र पनि परिवारका अन्य सदस्यसंग घुलमिल नहुने | –

वर्क फ्रम होम र डिजिटल सर्भिसलाई सरकारी तथा निजि क्षेत्रले अध्यावधिक गर्ने |- घर / छिमेक / अफिसमा कुनै व्यक्तिलाई कोरोना संक्रमणको लक्षण देखिएमा परीक्षण गर्न तथा आइसोलेसंमा बस्नको लागि प्रेरित गर्ने | रुघाखोकी लागेपनि सेल्फ आइसोलेसंमा बस्ने |- कडा लक्षण देखिएका संक्रमितलाई अस्पताल जान प्रेरित गर्ने |

– संक्रमितलाई अक्सिमिटर / थर्मोमिटर / मास्क / स्यानिटाइजर / गाइडलाइन आदिको स्थानीय निकायले प्रबन्ध गर्ने |- होम आइसोलेसनको अनुगमन / निगरानी गर्ने |- भीड हुने ठाउँका पसललाई नम्बर दिएर जोर / बिजोर गरेर खोल्ने |-

फुटपाथ तथा तरकारी बजारलाई टुँडिखेल, भृकुटीमण्डपजस्तै खुला ठाउँमा ब्यबस्थित रुपमा राख्ने |- अत्यावश्यक यात्रा नगर्ने |- सरकारी तथा गैह्र सरकारी कार्यालय खोल्ने / बन्द गर्ने समय २ घण्टा फरक गरेर ट्राफिक जाम तथा बस स्ट्याण्डको जामलाई न्यूनीकरण गर्ने |- बन्द कोठामा बैठक, भेटघाट, भेला आदि नगर्ने |

झ्यालढोका खोलेर भेन्टिलेसन यथासम्भव बढाउने |- जनस्वास्थ्यका मापदण्डलाई थप प्रभावकारी बनाउन महजोडीजस्ता लोकप्रिय कलाकारमार्फत बिज्ञापन / टेलिफ्लिम बनाएर प्रकाशन / प्रसारण गर्ने |- सबैजनाले ‘ म संक्रमित हुँदैन ‘, ‘ मेरो परिवार संक्रमित हुँदैन ‘ भन्ने प्रण गरेर मास्क, दुरी र सफाइमा बिशेष ध्यान दिने |

– सिमा /नाकामा एन्टिजेन टेस्ट गरेर संक्रमितलाई आइसोलेसन र संक्रमण नभएका व्यक्तिलाई भित्र आउन अनुमति दिने |यी र अन्य जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्ने / गराउनेमा सबै जागरुक बनौं | कोरोना महामारीको दोस्रो लहर रोकथामको लागि सबैजना सम्बेदनशील भएमा हामी खोपको बिन्दुमा पुग्नेछौं |