लाप्चा जातिको नयाँ बर्षमा सोमबार सूर्योदय नगरपालिका र रोङ गाउँपालिकामा स्थानीय विदा

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १

फिक्कल : लोपोन्मुख लाप्चा जातिको नामवन अर्थात नववर्ष पर्वका दिन नगरभरी स्थानीय विदा दिने भएको छ । सूर्योदय नगरपालिकाको आर्थिक बर्ष ०७७÷७८ को लैंगिक समानता तथा समावेशीकरण नीति अन्र्तगत पौष ६ गते नगरभरि विदा दिइएको सूर्योदय नगरपालिकाले जनाएको छ ।सातौ नगरसभाबाट लाप्चा जातिको नयाँ बर्षमा विदा दिने निर्णय गरेको थियो ।

यसैबिच रोङ गाउँपालिकाले पनि सोमबार स्थानीय बिदा दिने भएको छ । आईतबार गाउँपालिकाले सूचना जारी गर्दे लाप्चाजातीको नयाँ बर्षका दिन गाउँपालिका , सबै वडा कार्यालय सहित आकस्मिक बाहेकका कार्यालयमा बिदा दिर्ने निर्णय गरेको जनाएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रयास भटराईले पालिकामा लाप्चाजातीको बसोबास भएकाले नयाँ बर्षको अवसरमा बिदा दिएको जानकारी दिनु भयो ।

नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद (नेफिन) ले निर्णयलाई सकारात्मक कदमको रुपमा स्वागत गरेको छ । अध्यक्ष सोनाम योल्मोले विज्ञप्ती जारी गर्दै संघीयताको असल कार्यान्वयनसंगै ऐतिहासिक विभेदबाट पिरोलिएका लोपोन्मुख लाप्चा जातिको मुहारमा खुशीयाली छाएको बताए ।

नेपाल सरकारद्वारा आदिवासी जनजाती प्रतिष्ठान ऐन २०५८ अनुसार सूचिकरण भएका ५९ जातिहरु मध्ये लाप्चा पनि एक हो । सरकारको वर्गिकृत पाँच सुची अनुसार लोपोन्मुख समूहको दश जाति मध्ये एकमा पर्ने लाप्चाहरुले आफ्नो चाड पर्वले पहिचान बोकेको ठान्छन् ।

लाप्चा उत्थान मञ्चको २०७५ को सर्भे अनुसार इलाममा ३ हजार ६० जना लेप्चा रहेका छन् । इलामको सुर्योदय नगरपालिका, रोङ गाउँपालिका, इलाम नगरपालिका र माइजोगमाई गाउँपालिकामा लेप्चा समुदायको बसोबास रहेको छ ।

Leave a Reply

Your email address will not be published.