रोङ गाउँपालिकामा आठवटा मापदण्डको आधारमा बिद्यालय संचालन गरिदै

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली ज्ञानविज्ञान प्रदेश नं. १ स्वास्थ्य/शिक्षा


गोबिन्द पौडेल,रोङ:

लामोसमय सम्म संचालन नभएका बिद्यालयहरु संचालनको लागि इलामको रोङ गाउँपालिकाले आठवटा मापदण्डहरु तयार गरेको छ । रोङ गाउँपालिकाको गत मंसिर २२ गतेको कार्यपालिकाको बैठकले सबै बिद्यालयहरु संचालन गर्ने निर्णयहरु गरेको भएपनि धेरै बिद्यालयहरु त्यो भन्दा अघिदेखी नै संचालनमा आएका थिए भने कतिपय बिद्यालयहरुमा क्वारेनटाइन रहेको कारण संचालन हुन सकेको थिएन । यसै गरि गत पुष ९ गते बसेको रोङ शिक्षा समितिको बैठकले आठवटा बिद्यालय संचालनको मापदण्डहरु तयार गरेको छ ।

जसअनुसार कम्तीमा ४ देखी ५ पटक सम्म शिक्षक तथा बिद्यार्थीहरुले हात धुने ब्यवस्था मिलाउने, सकेसम्म सामाजिक दुरी कायम गने, कक्षा ६ भन्दा माथिकाहरुको लागि अनिवार्य माक्सको प्रयागे गराउने जसमा एकपटकको लागि गाउँपालिकाले माक्स उपलब्ध गराउने , बिद्यालयको अनुकुलता अनुसार पाठ्यभार नघट्ने गरि समय निर्धारण गर्ने , बिद्यालय ब्यवस्थापन समितिको निर्णयनुसार बाहिरबाट खाजा प्रयोग गर्न नदिने सकभर घरबाट नै ल्याउने वा बिद्यालउले ब्यवस्था गर्ने, रोङ गाउँ स्वास्थ्यको समयमा स्वास्थ्यकर्मीहरुको सहयोगमा बिद्यालयमा नै गएर हप्तामा एकपटक शिक्षक तथा बिद्यार्थीहरुको स्थास्थ्य परिक्षण गर्ने र शनिबार बाहेक सम्पूर्ण सार्वजनिक बिदाहरुमा समेत बिद्यालय संचालन गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published.