इलामको सूर्योदय नगरपालिकामा स्थानीय पाठ्यक्रम कार्यान्वयन हुँने

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

फिक्कल : इलामको पर्यटकीय नगरी सूर्योदय नगरपालिकामा स्थानीय पाठ्यक्रम लागु हुने भएको छ । नगरले ३ बर्ष लगाएर बनाएको स्थानीय पाठ्यक्रम आगामी पुष २४ गते लोकापर्ण गर्ने भएको हो । नगरले २०७५ सालबाट बनाउन सुरु गरेको पाठ्यक्रम आगामी बर्षबाट कार्यान्वयन अउने छ । स्थानीय सरकार संचालन ऐन, २०७४ लागू भएको अवस्थामा विद्यालयस्तरको शिक्षा पूर्वप्राथमिकदेखि कक्षा १२ सम्म स्थानीय तहको जिम्मेवारी रहेको छ ।
सोही अनुसार नगरले स्थानीय पाठ्यक्रम बनाएको हो । नगरले शिक्षा शाखा अधिकृत योगनिधी भट्टराईको संयोजकत्वमा नरेन्द्र खत्री, देवकुमार दाहाल, बंशिधर दाहाल, बिमला मिश्र र गणेशप्रसाद आचार्य सदस्य रहेको समिति गठन गरेर स्थानीय पाठ्क्रम निर्माण प्रक्रिया अघि बढाएको थियो ।
नगरले स्थानीय पाठ्यक्रम लोकापर्णपछि २६ गते विज्ञहरुबाट स्थानीय पाठ्यपुस्तक लेखन सम्बन्धी तालिम समेत आयोजना गर्ने शिक्षा शाखाका प्राविधिक सहायक नविनराज पौडेलले जानकारी दिनु भयो । नगरले बनाएको पाठ्यक्रम कक्षा ८ सम्म सूर्योदय क्षेत्र भित्रका ६६ वटा सामुदायिक र ३० वटा संस्थागत विद्यालयमा कार्यान्वयन हुने पौडेलले बताउनु भयो ।
स्थानीय पाठ्यक्रमको निर्माणपछि विद्यालय शिक्षाको आधारभूत तहमा विभिन्न अतिरिक्त विषय अध्यापन गर्नुपर्ने बाध्यता समेत हटने भएको छ ।नगर प्रमुख रणबहादुर राईले नगरले शिक्षा क्षेत्रलाई बिशेष ध्यान दिएर काम गरिरहेको जानकारी दिनु भयो । उहाले शिक्षाको चौतर्फी बिकासका लागि नगरले दिगो लक्ष्य राखेर काम थालेको जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published.