माङ्सेबुङ : इलामको माङ्सेबुङ गाउँपालिका–२ भोटेडाँडामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रवि(दमक सडक खण्डमा रविबाट काठको गोलिया बोकेर दमक तर्फ जाँदै गरेको ना ३ ख २०५ नम्बरको ट्रक दुर्घटना हुँदा पाँचथर मिक्लाजुङ गाउँपालिका(४ बस्ने ३५ बर्षिय किरण राईको मृत्यु भएको हो ।
ट्रक सडकबाट अनियन्त्रित भई बाटोबाट करिब २ सय मिटर तल खस्दा घाइते भएका राईको उपचारको लागि दमक तर्फ लग्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक लालध्वज सुवेदीले जानकारी दिए । शवलाई दमक अस्पतालको शव गृहमा राखिएको छ । चालक ताप्लेजुङ मेले गाउँपालिका–१ बस्ने २० बर्षिय प्रमोद श्रेष्ठलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।