सूर्योदय नगरपालिकामा सुरक्षित आप्रवासन कार्यक्रम प्रभावकारी बन्दै

  • 2
    Shares
सूर्योदय नगरपालिकामा सुरक्षित आप्रवासन कार्यक्रम प्रभावकारी बन्दै


फिक्कल: इलामको सूर्योदय नगरपालिकामा सुरक्षित आप्रवासन सम्बन्धी एक दिने अन्तरक्रिया सम्पन्न भएको छ ।
सुरक्षित आप्रवास परियोजना ९ सामी० र सूर्योदय नगरपालिकाको समन्वयमा संचालित कार्यक्रम अन्र्तगत स्थानीय सरोकारवाला, प्रहरी र पत्रकारसंग अन्तरक्रिया गरिएको हो ।
नगर उपप्रमुख दुर्गादेवी भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा परियोजनाको वितिय साक्षरता सहजकर्ता उषा लिम्बुले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रममा बोल्दै उपप्रमुख भट्टराईले बैदेशिक रोजगारीमा जानैपर्ने अवस्था भए ज्ञान र सिप सिकेर मात्र जान सुझाब दिइन् ।
उनले हाल नगरको ३ वटा वडामा संचालनमा रहेको परियोजनाको कार्यक्रमलाई विस्तारै १४ वटै वडामा विस्तार गरिने बताइन् । उनले हाल नगरको सबै वडामा बैदेशिक रोजगारीमा गएकाहरुको तथ्यांक संकलन र अध्यावधिकको कार्य भइरहेको बताइन् ।
कार्यक्रममा पुर्वी पहाडका ३ जिल्ला हेर्दै आएका परियोजनाका रामकुमार कर्णले स्थानीय सरकार संचालन ऐन २०७४, रोजगार हक सम्बन्धी नियमावली २०७५ र १५ औ योजना आधार ९२०६७÷६८–८०÷८१० मा भएका प्रावधानहरुको बारेमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा सूर्योदय नगर क्षेत्रमा भएको वितिय साक्षरता सम्बन्धी प्रगतीको बारेमा उषा लिम्बु र मनोसामाजिक परामर्शको बारेमा जिज्ञासा गोलेले सहजीकरण गरेका थिए ।
सूर्योदय नगर क्षेत्रमा ४ वटा समुह बनाएर बैदेशिक रोजगारमा गएका परिवारका १०६ जनालाई वितिय साक्षरता सम्बन्धी साप्ताहिक रुपमा सहजीकरण गरिदै आएको लिम्बुले बताइन् । त्यसैगरी नगर क्षेत्रमा हालसम्म मनोसामाजिक परामर्शको १६ वटा घटना देखिएको सहजकर्ता गोलेले बताइन् ।
देशभरका ४० जिल्लाका १३९ स्थानीय तहमा यो परियोजना संचालन भइरहेको छ । जसमा इलामको सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, इलाम नगरपालिका र माङ्सेबुङ गाउँपालिकामा संचालनमा रहेको छ । १६ सेप्टेम्बर २०१८ बाट स्विस सरकारको सहयोगमा संचालनमा रहेको परियोजना आगामी १५ जुलाई २०२२ सम्म संचालन रहने जिल्ला संयोजक इश्वरी तामाङले बताए ।
अन्तरक्रियामा विभिन्न संचारमाध्यममा कार्यरत पत्रकार, नेपाल प्रहरी र शसस्त्र प्रहरीका २० जना भन्दा बढिको सहभागिता रहेको थियो ।