सेतीदेवी चरावलोकन क्षेत्र निर्माणको दोस्रो चरावलोकन परियोजना सम्पन्न

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ रोचक

इलाम : सेतीदेवी चरावलोकन क्षेत्र निर्माण परियोजना अन्तर्गत दोस्रो चरणमा चार दिने चरावलोकन कार्यक्रम सम्पन्न भएको छ ।इलाम नगरपालिका भित्रका पर्यटकीय क्षेत्रहरुको पहिचान र संरक्षनमा नयाँ कार्यक्रमको रुपमा चरावलोकनलाई लिईएको छ ।

यस परियोनालाई सेतिदेवी धार्मिक विकास समितिको आयोजक र क्वीन इलाम पर्यटन प्रबर्द्धन समितिले सह आयोजकको भूमिका निर्वाह गरिरहेको छ ।परियोजना क्षेत्र विकासको गत असोजमा पहिलो चरणमा तीन दिवशीय पथ प्रदर्शक तालिम र पाँच दिने फिल्ड सर्वे सम्पन्न गरेको थियो ।

दोस्रो चरणको कार्यक्रम माघ ५ गतेदेखि ८ गतेसम्म सञ्चालन भएको क्वीन इलामका सचिव इक्साहाङ नेम्बाङले वताए । परियोनाको समापन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले यो परियोजना इलाम जिल्लामै पहिलो भएकोमा खुशी व्यक्त गर्दै नयाँ किसिमको पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्‍ने विश्वास व्यक्त गरे ।

प्रमुख महेश बस्नेतले आउने दिनमा समेत यो परियोजनालाई प्राथिकतामा राख्ने प्रतिबद्धता राख्दै इलाम नगरपालिका भित्र अझ थुप्रै यता नयाँ पर्यटकीय गन्‍तव्यहरुको पहिचान गरिने दाबी गरे ।

समापन कार्यक्रममा सेतीदेवी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष चित्रप्रसाद दाहालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगरप्रमुख बस्नेत सहित वडा नं ६ का वडाध्यक्ष माधवप्रसाद भट्टराई, क्वीन इलामका अध्यक्ष प्रशान्त गिरी, नगर पर्यटन विकास समिति इलाम नगरपालिकाका सचिव ज्ञानु दाहाल लगायतको मन्तव्य रहको थियो । कार्यक्रमको सञ्चालन चियाबारी एफ एम का विक्रम सुन्दासले गरेका थिए ।नयाँबुलन्दबाट

Leave a Reply

Your email address will not be published.