इलामका तीन स्वास्थ्य संस्थाबाट १४६ जनालाई पहिलो पटक कोरोना बिरुद्धको खोप लगाईयो

  • 115
    Shares
इलामका तीन स्वास्थ्य संस्थाबाट १४६ जनालाई पहिलो पटक कोरोना बिरुद्धको खोप लगाईयो


सूर्योदयमा ३० , देउमाईमा २७ र इलाममा ८९


फिक्कल: इलामको सूर्योदय नगरपालिकामा आज कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाईएको छ ।
नगरपालिकामा पहिलो पटक चिकित्सक तथा स्वास्थ्यकर्मी, सफाई कर्मचारी र एम्बुलेन्स चालकलाई कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाईएको हो । प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलमा १९ जना पुरुष र ११ जना महिला कर्मचारी गरी ३० जना कर्मचारीलाई पहिलो दिन खोप लगाईएको सूर्योदयन गरपालिकाका कोभिड फोकल पर्सन तथा जनस्वास्थ्य निरीक्षक बिपुल अधिकारीले जानकारी दिनु भयो ।
जनस्वास्थ्य निरीक्षक अधिकारीका अनुसार सरकारी स्वास्थ्यकर्मी , निजी स्वास्य संस्थामा कार्यरत स्वास्यकर्मी, एम्बुलेन्स चालक , सफाई कर्मचारी , सव ब्यवस्थापनमा खटीने कर्मचारी र स्वास्थ्य स्वयमसेवीकालाई पहिलो चरणमा खोप लगाईने छ ।
इलाममा इलाम नगरपालिकको इलाम अस्पताल , सूर्योदय नगरपालिकाको फिक्कल प्राथमिक स्वास्थ्य केन्द्र र देउमाई नगरपालिकाको मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्रबाट आफुलाई पायक पर्ने स्थानबाट खोप लगाउने मापदण्ड भित्रका कर्मचारीले खोप लगाउन पाउने ब्यवस्था मिलाईएको छ ।
यस्तै देउमाई नगरपालिकाको मंगलबारे स्वास्थ्यकेन्द्रमा १४ महिला र १३ जना पुरुप गरी २७ जना स्वास्थ्यकर्मीलाई खोप लगाईएको देउमाई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लेखनाथ तामाङले जानकारी दिनु भयो । उहाका अनुसार भोली महिला स्वास्थ्य स्वयम सेवीकालाई खोप लगाईने छ ।
यस्तै इलाम नगरपालिकाको इलाम अस्पतालमा आज पहिलो दिन ४२ महिला र ४६ पुरुष गरी ८९ जना स्वास्थ्य कर्मचारीलाई कोरोनाको खोप लगाईएको छ ।
इलामका १ हजार ७ सय जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाइदैछ । स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासका अनुसार, खोप लगाउँदा १८ वर्ष देखि माथि उमेर समूहकालाई लगाईनेछ । जसमा गर्भवती महिला, रक्तश्रावको समस्या भएका, अन्य खोप लगाउँदा एलर्जी भएका र १८ वर्ष मुनिकालाई खोप नलगाईने उहाले जानकारी दिनु भयो ।
एक व्यक्तिले खोपको डोज पूरा गर्न दुई पटक खोप लगाउनु पर्नेछ । पहिलो खोप लगाएको चार हप्ता पछि पुनः दोस्रो खोप लगाउनु पर्ने स्वास्थ्य कार्यलयको जनाएको छ । पहिलो चरणमा सर्वसाधारणमा खोप नलागाउने भए पनि दोस्रो चरणमा भने ९० प्रतिशत सर्वसाधारणलाई समेत खोप लगाउने सरकारको तयारी रहेको छ ।

कोरोना भाईरसको लक्षण देखा परेका र सक्रिय संक्रमितलाई यो खोप लगाईने छैन । निको भएका संक्रमितले एक महिनासम्म लगाउनु नपर्ने बताईएको छ । इलाममा जम्मा छ हजार नौ सय ११ जनाको श्वाब संकलन गरिएकोमा दुई सय ९६ जना संक्रमित रहेका थिए ।
हाल इलाममा सक्रिय संक्रमितको संख्या शुन्य रहेको इलामका कोभिड फोकल पर्सन विमल बरालले जानकारी दिनु भयो । कोरोनाको खोप लगाउदा खोपले कुनै असर गरे स्वयम ब्यक्ति नै जिम्मा हुँने ब्यहोरा सहितको फारम भराएर मात्र खोल लगाउन थालिएको छ ।