सरकारले नहेरेपछि बृद्ध दम्पतीको घर निमार्णमा स्थानीय युवा जुटे

  • 139
    Shares
सरकारले नहेरेपछि बृद्ध दम्पतीको घर निमार्णमा स्थानीय युवा जुटे

गोबिन्द पौडेल,इलाम:

घरबार बिहिनदम्पतीलाई कुनै सरकारले पनि सहयोग नगरेपछि स्थानिययुवाहरुले सहयोग गर्ने भएका छन् ।
माइजोग्माइ ५ निवासी घर बिहिन ५५ बर्षिय पूर्णलिम्बुु र ५७ बर्षिय सन्चरानी लिम्बसको बासस्थानको लागि रहेको घर जिर्णरहेको र उनिहरुको कोही साहारा पनि नभएका कारण कस्टकर जनजीवन देखेर स्थानिययुवाहरुको सक्रियतामा पूर्ण लिम्बुको घर बनाउन अभियान संचालन गरि कामथालेको स्थानिय युवा प्रदिप खड्काले बताए ।
लिब्बुदम्पतीको एक छोरा भएपनि रोजगारीको लागि भारत गएर बिगत ५ बर्ष देखी बेखबर रहेका छन । साहारा बिहिन उनीहरुलाइ गाउँपालिकाले जनताआवास कार्यक्रम संचालन गरेको भएपनि स्थानिय सरकारको नजर पूर्ण लिम्बुको निवासमा नपरेका कारण आफुहरुले अभियान संचालन थालेको युवाहरुको भनाइ रहेको छ ।
सामाजिक संजालमा पूर्ण लिम्बुको निवास कारुणीक तस्विर सार्वजनिक भएपछि आफुहरुले सिभिल बैकमा ०६३१०४५५३९४०१६नं को खाताखोलेर सहयोगको याचना गरेको र हालसम्मकरिव १ लाख ५० हजार रुपैया संकलन भइसकेकोले युवाहरुको भनाइ छ ।गरिबीका कारण उनीहरु अब्यवस्थीत रुपमा बस्दै आएका छन ।