रोङ गाउँपालिकामा बिद्यालय कर्मचारी र बाल शिक्षकको तलव बढ्ने

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

गोबिन्द पौडेल रोङ: न्युन बेतनमा काम गरिरहेका बिद्यालय कर्मचारी र बाल शिक्षकको तलव आगामी बर्ष बढ्ने भएको छ ।

संघीय सरकारको न्युनतम बेतन मापदण्ड भन्दापनि कम न्याला दिएर श्रम शोषण गरिरहेका वाल शिक्षक र बिद्यालय कर्मचारीहरुकोलागि संघिय सरकारले आगामी बजेटमा कुनै कार्यक्रम न्ल्याएका इलामको रोङ गाउपालिकाले कानुनी अड्चनमा हठाएर भएपनि स्थानिय सरकारले तलब बढाइदिने भएको हो । नेपाल शिक्षक संघ रोङ गाउपालिकाको तेश्रो प्रतिनिधि सभालाइ सम्बोधन गर्दै रोङ गाउपालिकाको अध्यक्ष समसेर राइले सो कुरा बताउनु भएको हो ।

नेपाल शिक्षक संघ रोङको प्रस्ताव अनुसार शिक्षक सेवा आयोगले आगामी दिनमा स्थायी शिक्षकको लागि बिज्ञापन गर्ने भएकोले कार्यरत शिक्षकहरुको लागि रोङ गाउपालिकाले अनलाइन क्लास संचालन गर्ने र बिद्यालयको बेरुजु शुन्य बनाउनको लागि सबै बिद्यालयलाइ निदेशन समेत गरिसकिएको बताउदै बिद्यालयहरुले अधिक्तम सिकाइ उपलब्धी हासिल गराउने पक्षमा लाग्न समेत आग्रह गर्नु भएको छ ।

शिक्षा क्षेत्रमा रहेको बिबिध समस्याहरुको हल गर्न नेपाल शिक्षक संघ निरन्तर लागि परेकोले बालबालिकाको भबिश्यलाइ हेरेर शिक्षण सिकाइमा निरनत लाग्नु आग्रह गदै हावश्यक परेमा आन्दोलनको लागि समेत शिक्षकरु त्यार रहनु पर्ने नेपाल शिक्षक संघ इलामका पर्व अध्यक्ष हरिप्रसाद लुइटेलले बताउनु भयो ।

नेपाल शिक्षकसंघ रोङ गाउसमितिको आयोजनामा भएको लेश्रो प्रतिनिधि सभामा यसै बर्ष सेवा निबृत्त तीन जना शिक्षहरु डुकराज पौडेल ,जीवनाथ अधिकारी र गंगाप्रसाद धिमाललाइ प्रसंसा पत्र र दोसल्ला ओढाएर सम्मान बिदाइ गरिएको थियोभने नवप्रबेसी शिक्षकहरु देबीलाल राइ ,बिश्वनाथ भट्टराइ , सुवराज राइ,रेजिना भट्टराइ,दिपेन्द्र कुसबाह बिमद सुबेदी र झल कुमार लकान्द्रीलाइ टीका र मालाले स्वागत गरिएको थियो ।सोहस् सभामा नेपाल शिक्षक संघ रोङ का बिलेती गोइले तयार पारेको आर्थिक प्रतिबेदन। डोर कुमार ढकालले तयार पारेको सांगठनिक र लुना पौडेलले तगार पारेको महिला प्रतिबेदन पनि सर्बसहमत रुपमा पारित गरेको थियो ।

नेपाल शिक्षक संघ रोङका अध्यक्ष लाख बहादुर सावाको अध्यक्षता , नेशि संध इलामको पूर्व अध्यक्ष हरि प्रसाख लुइटेलको प्रमुख आतिथ्यथा , रोङ गाउपालिकाको अध्यक्ष समसेर राइको बिशेष आतिथ्यता भएको सो सभामा नेपाली काग्रेु रोङका सभापति देबी प्रसाद अर्याल , नेशि संघ क्ष्लmाम नगरपालिकाको सचिव ढाकानाथ न्यौपाने,पुस्प काफ्ले लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published.