इलामको माईखोलामा डुबेर सोयाङका ढकाल दाजुभाईको मृत्यु

  • 224
    Shares
इलामको माईखोलामा डुबेर सोयाङका ढकाल दाजुभाईको मृत्यु


फिक्क्ल: इलामको माईजोगमाई ५ का ढकाल दाजुभाईको माईखोलामा पौडी खेल्ने क्रममा डुबेर आज मृत्यु भएको छ ।
माइखोलाको अर्चले पक्की पुल नजिक माइबेनी हाइड्रोपावरमा काम गर्ने २१ बर्षीय शेखर ढकाल र १८ बर्षीय प्रबिन ढकालको हाईड्रले बनाएको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
सोयाङ र सिम्फ्रीङको फेदी अठारेमा हाईड्रले बनाएको खाल्डोमा पौडी खेल्न गएका स्थानीय डम्बर बहादुर ढकालका कान्छो छोरा प्रविन खाल्डोमा डुबे पछि भाईलाई बचाउन गएका साईलो दाजु शेखरको समेत डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । स्थानीय जनप्रतिनिधि , प्रहरीले उनीहरुको शब निकाली पोष्टमार्टमका इलाम अस्पताल ल्याईएको छ । दाजुभाईको एकै दहमा मृत्यु भएपछि ढकाल परिवार सहित सिंगो गाउँने शोकमा परेको छ ।
उता इलाम माङ्सेवुङ गाउँपालिका वडा नं. ६ मावाखोला किनारमा अपरिचित पुरुष मानिसको बेवारीसे मृत लाश फेला परेको छ । अन्दाजी ६० बर्षको देखिने मधेसी मुलको उक्त लाशको प्ररम्भिक कानूनी प्रकृया पुरा गरी लाशलाई पोष्टमार्टमको लागि दमक अस्पताल झापामा पठाईएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।