इलामका निजी बिद्यालयका ३ सय ५० बढी शिक्षक–कर्मचारीलाई सम्मान

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

गणेश घिमिरे,इलाम:

बिश्वमै महामारीको रुपमा देखा परेको कोरोना भाइरसले बिश्वलाई नै तहस नहस बनायो । नेपालमा पनि यसले नराम्ररी प्रभाव पारयो । कोरोना भाइरस र देशमा भएको तीनमहिना भन्दा लामो लकडाउनका कारण अर्थतन्त्र डामाडोल बन्नुका साथै शिक्षा लगायतका हरेक क्षेत्रमा प्रत्यक्ष असर पारयो ।

अर्थतन्त्र र शिक्षा क्षेत्रमा सबैभन्दा बढि असर परयो । महामारीबाट ग्रसित भइरहँदा विद्यालयहरु लामो समय देखि बन्द भए । सामाजिक दूरी कायम राखेर बल्लतल्ल केहि महिनायता बिद्यालयहरु खुलेका छन् । पाठ्यपुस्तक व्यवस्थापन, नयाँ शैक्षिक कार्यपात्रो तथा कार्ययोजना निर्माण जस्ता कार्यहरुमा असर पार्न पुग्यो ।

कोरोना कहरको संत्रासका बिच सरकारी विद्यालयमा अध्यापन गर्ने सरकारी दरबन्दीका शिक्षकहरुमा राज्यबाट नियमित तलबभत्ता प्राप्त हुँदा सरकारी शिक्षकहरुले खासै समस्या भने भोग्नु परेन । निजी विद्यालयमा अध्यापनरत शिक्षक र सरकारी विद्यालयमा निजी स्रोतमा अध्यापनरत शिक्षकहरुमा विद्यालय बन्द हुँदा जागिर जोखिममा पर्ने र आफू बेरोजगार हुने चिन्ता बढ्दै गएको थियो । देशका धेरै जिल्लाका निजी बिद्यालयका शिक्षकहरुले बिकल्प रोजेर अन्य काममा लागे । यता इलामका पनि केही निजी बिद्यालयका शिक्षकहरु अन्य पेशामा लागे ।

तर जिल्लाका अधिकाँश निजी बिद्यालयका शिक्षकहरु कोभिडको जोखिमपूर्ण अवस्थामा पनि बिद्यालय खुल्ने आशमा र सम्बन्धित बिद्यालयमै अध्यापन गराउने गरी धैर्य गरेर बसेका थिए । कोभिडका कारण लामो समयसम्म भएको लकडाउनले निजी बिद्यालयहरु संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको बेला पनि आफू कार्यरत बिद्यालयप्रति सकारात्मक भूमिका इलामका नीजि बिद्यालयका शिक्षक तथा कर्मचारीले निभाएका थिए ।

यसैलाई मध्यनजर गरेर इलाम सदरमुकाममा शुक्रबार इलामनगर क्षेत्रमा रहेका निजी बिद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई सम्मान गरीएको छ । निजी तथा आवासिय बिद्यालय अर्गनाइजेशन प्याब्सन इलाम नगर कार्य समिति इलामले निजी बिद्यालयका शिक्षकलाई सम्मान गरेको हो । प्याब्सन नगरले इलामनगर क्षेत्रभित्र रहेका प्याब्सनमा आबद्ध निजी बिद्यालयका ३ सय ५० जना शिक्षक र कर्मचारीलाई सम्मान गरेको हो ।

प्याब्सन इलाम नगरका अध्यक्ष कुशबहादुर थेवेको अध्यक्षता एवं इलाम नगरपालिकाका मेयर महेश बस्नेतको प्रमुख आतिथ्यमा शिक्षक तथा कर्मचारीलाई सम्मान गरेको हो । कोरोनाको मारमा शैक्षिक क्षेत्र परिरहँद सरकारी बिद्यालयले कोरोनाको समयमा बिद्यार्थीलाई कुनै न कुनै माध्यमबाट शैक्षिक गतिबिधि अगाडी बढाउने काम गरेन । तर इलाममा रहेको निजी बिद्यालयले भर्चुअल माध्यम सहित अन्य बिभिन्न प्रबिधिको प्रयोगबाट भएपनि शैक्षिक गतिबिधिलाई निरन्तरता दिँदै अभिभावकको मन समेत जितेको थियो ।

यता सम्मन कार्यक्रममा इलामनगरपालिका ४ का वडाध्यक्ष नुतनदेव दुलाल, ५ का वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठ, वडा नम्बर ७ का वडाध्यक्ष नरेश श्रेष्ठ सहित प्याब्सन इलामका जिल्ला अध्यक्ष बिकास कर्मचार्य समेतका बक्ताले कोभिडको समयमा निजी बिद्यालय र निजी बिद्यालयका शिक्षक कर्मचारीले शैक्षिक गतिबिधि अगाडी बढाउन पुरयाएको योगदानको चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.