माईजोगमाईमा कोभिड विरुद्धको खोप लगाउन सुरु

  • 107
    Shares
माईजोगमाईमा कोभिड विरुद्धको  खोप लगाउन  सुरु

माईजोगमाई: नेपाल सरकारको निर्णय अनुसार पहिलो चरणको दोस्रो प्राथमिकताको पहिलो खोपको मात्रा २०७७ फाल्गुन २ गतेबाट कोभिड १९ खोप अभियान देशै भरी संचालन भैरहेको छ ।
माईजोगमाई गाउपालिकामा पनि कोभिड १९ को खोप अभियान फाल्गुन ३ र ४ गते संचालन हुदैछ । कोभिड १९ खोप अन्तर्गत गाउपालीकाभरी जम्मा १६० डोज भ्याक्सिन उपलब्ध भएको छ । कोरोना खोप माईजोगमाई गाउपालिका अध्यक्ष जित बहादुर राई र प्रमुख प्रसासकिय अधिकृत भागवत प्रसाद रेग्मी ले लगाएर खोपको उदघाटन गरे । गाउपालिका अध्यक्ष राइले पहिलो चरणको खोप स्वास्थ क्षेत्रमा काम गरेका स्वास्थ्य कर्मि हरुले लगाएको दोस्रो चरणमा स्थानिय निर्वाचित जनप्रतिनिधिहरु निजामती कर्मचारी पत्रकारहरु वित्तिय सस्थाका कर्मचारिहरु प्रहरिहरु लाई लगाइने र तेस्रो चरणको खोप स्थानिय बासिहरुलाई लगाईने भताए।
पहिलो चरणको दोस्रो प्राथमिकताको पहिलो खोप अन्तर्गत स्थानिय तहको निर्वाचित जनप्रतिनिधी र गाउपालिका का सम्पुर्ण कर्मचारी , निजामती कर्मचारी , जनपथ प्रहरी बैङ्क तथा वित्तिय सस्थाका कर्मचारी र माईजोगमाई भित्र रहेर काम गरिरहेका पत्रकारहरुलाई खोप लगाइनएको हो ।
बिहान ८ बजेबाट सुरु भएको खोप अभियान आज र भोलि सम्म चल्ने माईजोगमाई गाउपालिका स्वास्थ्य शाखा प्रमुख राम शङ्कर देवले बताए। आज र भोलि सन्चालन हुने खोप आज लगाउने ले पहिलो जोडको खोप हानिसकेकाले अबको २८ दिन पछि पुन दोस्रो डोजको खोप लगाउने स्वास्थ कर्मी हरुले बताए।