इलामको समालबुङमा श्रीमानले कुटेरै श्रीमतीको हत्या

  • 127
    Shares
इलामको समालबुङमा श्रीमानले कुटेरै श्रीमतीको हत्या

फिक्कल: इलामको सूर्योदय नगरपालिका वडा नम्बर ५ खर्वनीका दिनेश तामाङले आफनै श्रीमती गीता तामाङको कुटेर हत्या गरेका छन ।
२८ बर्षीय तामाङले घर भन्दा २ घण्टाको दुरीमा रहेको सिकारी गाउँमा आईतबार साझ २२ बर्षीय श्रीमती गीताको आपसी झगडाका कारण हत्या गरेका हुँन ।
आफन्तकोमा ढोगभेट कार्यक्रममा गएर घर फर्कने क्रममा जंगलमा तामाङले श्रीमतीको हत्या गरेर फरार भएका थिए । राती ९ बजे स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरे पछि घटना स्थलमा प्रहरी पुगेको थियो । जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक नविन राईको कमाण्डमा खटीएको प्रहरी टोलीले घटना र घटना स्थलको अध्ययन गरीरहेको छ । प्रहरी निरीक्षक राईले बिगत देखि नै झगडा भैरहने गरेका कारण आपसी बिवादकै कारण तामाङले श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धान देखिएको जानकारी दिनु भयो ।
तामाङको शव पोष्टमार्टका लागि प्राथमिक स्वास्थ्य केन्द्र फिक्कल ल्याइएको छ । श्रीमतीको हत्या गरी फरार रहेका तामाङको खोजीका लागि प्रहरी निरीक्षक राईको कमाण्डमा ५० जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।