इलामको सन्दकपुर सहितका उच्च हिमाली क्षेत्रमा हिमपात

  • 221
    Shares
इलामको सन्दकपुर सहितका उच्च हिमाली क्षेत्रमा हिमपात

फिक्कल: इलामका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ ।पश्चिमी वायुको प्रभावका कारण इलामका उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
इलामको सन्दकपुर, जौबारी, मेघमा, तुम्लिङ लगायतका स्थानमा बिहीबार मध्यान्हदेखि हिमपात भएको हो । हिमपातका कारण स्थानीयको जनजीवन प्रभावित भएको छ । हिमपातपछि स्थानीयहरु घरभित्रै बसेका छन् ।
यस पटक सन्दकपुर लगायतका स्थानमा खासै हिमपात भएको थिएन । हिम खेल्नका लागि पर्यटकको घुईचो लाग्ने गरेको छ । ठूला -साना गरी बिश्वका ६५ बढी हिमाल देखिने सन्दकपुरमा पर्यटकको बाह्ै महिना भिड लाग्ने गरेको छ । न्यूज संजालको सहयोगमा