श्रीमती हत्या गरि फरार भएका दिनेश तामाङ सिद्दिखोला र मेचीखोला दोभानबाट पक्राउ

श्रीमती हत्या गरि फरार भएका दिनेश तामाङ सिद्दिखोला र मेचीखोला दोभानबाट पक्राउ

फिक्कल : श्रीमतीको हत्या गरी फरार रहेका अभियुक्त नेपाल भारतको सिमानाबाट पक्राउ परेका छन् । इलामको सूर्योदय नगरपालिका–५ खरबनेटोल बस्ने बर्ष २३ को दिनेश तामाङलाई सिद्दिखोला र मेची खोला दोभान स्थित नेपाल(भारतको सिमानाबाट पक्राउ गरिएको हो।

उनले गत फागुन २ गते १९ बर्षिय श्रीमती गिता तामाङलाई क्रुर अमानविय तरिकाले कुटपिट गरी हत्या गरेका थिए । पक्राउ परेका अभियुक्तलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरमा ल्याई थप अनुसन्धान भई रहेको छ । हत्या पछी फरार रहेका तामाङलाई पक्राउ गर्न तत्काल प्रहरीद्वारा लुकीछिपी बस्न सक्ने एरिया इलाका तथा सिमा नाकामा ब्यापक रुपमा सादा पोशाकमा प्रहरी खटाईएको थियो ।

अभियुक्तलाई खोजी कार्य गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक नविन राईको टोलि र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देउ प्रसाद लिम्बुको टोलिले फागुन ७ गते राति नियन्त्रणमा लिन सफल भएको हो ।